सरकारको नीति तथा कार्यक्रमभन्दा बाहिर नजान चेतावनी


प्रकाशित मिति :2020-01-30 19:36:29

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारको नीति तथा कार्यक्रमको परिधि भित्र रहेर मात्रै काम गर्न गैर सरकारी संस्थाहरूलाई सचेत गराएका छन् ।

मन्त्री गुरुङले गैर सरकारी संस्थाहरूले संविधान, कानुन र सरकारको नीति तथा कार्यक्रमभन्दा बाहिर गएर काम गरे कडा कार्वाही गर्ने चेतावनी पनि दिएका छन् ।

गोगो फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘नेपालका नागरिक संस्थाहरूमा असल अभ्यासका सूचकहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक संघ, संस्थाहरूले मुलुकलाई समृद्ध बनाउने सरकारको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न गैर सरकारी संस्थाहरूले पनि सरकारसँग मिलेर काम गर्नुको विकल्प छैन,’ मन्त्री गुरुङले भने, ‘सरकारको नीति तथा कार्यक्रममा समावेश भएर अघि नबढने कुनै पनि संघ, संस्थालाई सरकारले नियन्त्रण गर्छ ।’

मन्त्री गुरुङले सरकारले कुनै पनि सामाजिक संघ, संस्थालाई नियन्त्रण गर्ने नीति नलिएको पनि पटकपटक दोहो¥याए । उनले सामाजिक संघ, संस्था सम्बन्धि ऐन सरकारवाला निकायको राय सुझावको आधारमा मात्रै अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: