बालबालिकाहरु यसरी सृजनशील हुँदै


प्रकाशित मिति :2020-01-23 19:13:14

इटहरी । इटहरीको सरस्वती माध्यमिक विद्यालयका प्रत्येक कक्षामा बाल क्लवले घडी राखेको छ । शिक्षक कक्षामा कतिबेला प्रवेश गर्नुभयो, त्यही घडी हेरेर विद्यार्थीले खातामा लेख्छन् । शिक्षक कतिबेला कक्षा कोठाबाट निस्कनुभयो, त्यो पनि लेखेर राख्छन् ।

इटहरीका प्रत्येक सामुदायिक विद्यालयमा गठन भएका बाल क्लव र ग्रिन क्लवले यस्तै उदाहरणीय काम गरिरहेका छन् । इटहरी उपमहानगरले आयोजना गरेको माध्यमिक विद्यालयका बाल क्लव र ग्रिन क्लका अध्यक्षहरूसँगको अन्तरक्रिया कार्यक्रममा बालबालिकाले विद्यालय र समुदायमै गरेका विभिन्न कामहरूको अनुभव सुनाए ।

इटहरीको कविर माध्यमिक विद्यालयको बाल क्लवका छात्राहरूले आफूहरूले प्रयोग गर्ने सेनेटरी प्याड स्कुलमै बनाएर प्रयोग गर्ने गरेका छन् । उनीहरूले स्कुलमै तालिम लिएर प्याड बनाएर जम्मा गर्ने गरेका हुन् । बाल क्लव र ग्रिन क्लवका विद्यार्थीहरू अत्यन्तै रचनात्मक देखिएको उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफ्लेले बताइन् । एउटा विद्यालयका विद्यार्थीको सकारात्मक कार्य अर्को विद्यालयका बालबालिकाले पनि सिकुन् भनेर राखिएको अन्तरक्रिया कार्यक्रम फलदायी बनेको महाशाखा प्रमुख कुमारी अम्विका शाहको भनाइ छ ।

इटहरीकै राष्ट्रिय माध्यमिक विद्यालयको बाल क्लवका विद्यार्थीहरूले विद्यालय छेउछाउको गाउँमा फोहोरमैला भएको देखे भने त्यहाँ जान्छन् । स्थानीय जुटाउछन् अनि सरसफाई गर्छन् । स्कुले केटाकेटीले फोहोर देखे भने आउछन् भनेर स्थानीय आफै सरसफाइमा जुट्न थालेका छन् ।

अन्तरक्रियामा बाल र ग्रिन क्लवका अध्यक्षहरूले नियमित बैठक बस्ने, हप्तामा एक दिन अनिवार्य अतिरिक्त क्रियाकलाप गर्ने, वृक्षारोपण, फूलवारी निर्माण, चेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्य सुनाए ।

इटहरीको कविर माविका विद्यार्थीले स्कुल आसपासमा मदिरा र सूर्तिजन्य पदार्थ बेचबिखन नगर्न खवरदारी गर्ने गरेका छन् ।

पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निषेध गरेका छन् ।

महेन्द्र मावि इटहरीमा कोही विद्यार्थी लामो समय विद्यालय नआए बाल क्वलका छात्रछात्रा ती विद्यार्थीको घरमै पुगेर अभिभावक र विद्यार्थीलाई सम्झाई वुझाई गर्ने गरेका छन् ।

बाल क्वल र स्काई क्वलका बालबालिकाको गतिविधिले आफूहरूलाई समेत उत्साहित बनाएको उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफ्लेको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: