बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता


प्रकाशित मिति :2020-01-22 18:49:12

तुलसीपुर । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकामा बाल विवाह गर्नेको संख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन् ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बाल विवाहले प्रजनन् स्वास्थ्यमा पनि निकै ठूलो असर पर्ने भन्दै यसको न्यूनीकरण अपरिहार्य रहेको बताए । उनका अनुसार अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

यस्तै मन्दिरका पुजारीहरुलाई बालविवाह गर्न आएमा त्यो विवाह नगरिदिन पनि अनुरोध गरेको र अबको केही समयमा थारु समुदायका अगुवा (गुरुवा) हरुसँग पनि समन्वय गर्ने उनले बताए ।

त्यस्तै दंगीशरण गाउँपालिकाले पनि बालविवाह न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । बालविवाह न्यूनीकरण गर्न सामाजिकरूपमा निकै चुनौती भए पनि त्यसलाई जसरी पनि पार गर्नुपर्ने उनले बताए ।

अहिले बाल विवाह हुने गरेको भए पनि लिखित निवेदन नआउँदा बालविवाह न्यूनीकरणमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख जीवनविक्रम शाहले बताए ।

यसैक्रममा समाजमा वातावरणीय शिक्षाको विकास (सीड) र जुरी नेपालको सहकार्यमा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्ष निकायलाई ज्ञापनपत्र बुझाइएको छ ।

दाङको दंगीशरण र शान्तिनगरमा बाल विवाह बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, इलाका प्रहरी कार्यालय हेकुली र इलाका प्रहरी कार्यालय खिलतपुरलाई ज्ञापनपत्र बुझाइएको सीडका कार्यक्रम संयोजक माधवराज चौधरीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: