तपाईंहरुको गोप्य जीवनमा पनि हुन्छन् यस्ता काण्ड !


प्रकाशित मिति :2020-01-22 18:36:53

युवा भनेको सोच हो । विचार हो । सिंगो देश बोक्न सक्ने बलियो मेरुदण्ड हो । परिवर्तनको संबाहक हो अनि आफैंमा एउटा उर्जाशील शक्तिले भरिएको युगको सुन्दर बिहानी हो । तर केही साथीहरूले आफ्नो धरातल नै भुलेर, आफ्नो भूमिका नै भुलेर, आफूमा भएको चिन्तन र विचारलाई सामाजिक संजालमार्फत बार–बार दुरुपयोग गरेको देख्दा धेरै दुख लागेको छ ।

समाजमा सकारात्मक सन्देश फैलाउन भन्दा नकारात्मक क्रियाकलापलाई भाइरल गरेर कसैको जीवनको हाँसीमज्जा उडाउन र उसको जीवन नै तहसनहस गर्न कसैले नभेट्ने भैसकेछौं हामी । के हामीले पाएको यो उर्जाशील समय यसैगरी नकारात्मक कुरामा लागेर खेर फाल्न र कसैको व्यक्तिगत जीवनको, कसैको ओच्छ्यानको, अनुहारको, शरीरको र इज्जतको ट्रोल बनाएर सामाजिक सञ्जालका भित्ता भित्तामा टाँस्न हो ? म निन्दा गर्छु त्यस्ता देखावटी युवाहरूलाई जस्ले देश विकासका ठूला ठूला गफ लडाउँछन् । तर आफू नकारात्मक सोचको दलदलमा भासिएका छन् ।

ज्वाला संग्रौला

कहिले जापान काण्ड भनेको छ । कहिले अस्ट्रेलिया काण्ड भनेको छ । कसैको ब्यक्तिगत जीवनको पाँच मिनेटलाई यसरी मजाक नबनाईदिनुस् साथीहरू । तपाईहरूले भनेका जुन जुन काण्डहरू छन् नि, तपाईहरूको गोप्य जीवनमा पनि यस्ता सब काण्ड चलेका छन् । बस् बाहिर नआएर मात्र हो । तपाईंहरू तिलस्मी इज्जतको झिनो आवरणमा ढाकिएको, दूधले नुहाएको सन्त महन्त कसैले पनि नबनिदिनुस् । किनकी तपाईहरूको जीवनको अँध्यारो प्रहरभित्र तपाईहरूको पनि आकृति कालो र धमिलो छ ।

हो, समाजका बिकृतिहरूलाई निर्मूल गर्नु पर्छ । खण्डन गर्नु पर्छ । तर यसो भन्दैमा कसैको शरीरलाई भित्र भित्र खेलाएर उसको बदनाम गर्न पाईन्छ संजालमा ? के योचाहिँ बिकृति हैन ? के योचाहिँ सामाजिक अपराध हैन ? संजालमा भएका राम्रा राम्रा कामहरूलाई आजसम्म कस्ले भाईरल गर्यो ? अमेरिकामा रहेर विश्वका युवाहरूको नेतृत्व गरिरहेकी जोली अमात्यलाई कस्ले देख्यो ? अस्ट्रेलियामा प्रधानमन्त्रीको सल्लाहकार बसेका र विश्वका सातलाख विद्यार्थीको अभिभावक बनेर काम गरेका बिजय सापकोटालाई कस्ले चिन्यो ? अमेरिकी सिनेटमा संसद बन्ने हैसियत राख्ने नेपालका छोरा ह्यारी भण्डारीलाई कस्ले पढ्यो ? सुन्नु भा छ यी र यस्तै थुप्रै नामहरू ? आज तपाईंहरु कुनै एक महिलाको फोटो र भिडियो भाईरल गरेर खुब मजा लिई रहनु भएको छ । सोच्नुस् ति महिला तपाईंको दिदी, बहिनी या आफन्त परेको भए के गुज्रन्थ्यो तपाईंको मनमा ? So, stop harassing her ! के यति भिडियोको आधारमा अब हामीले उनको बाँच्न पाउने अघिकारको नै बलि चढाउनु पर्ने हो ? के लाग्छ ?

र एउटा कुरो, त्यो जुन भिडियो छ नि । त्यो बारे सुनेको आधारमा मलाई के लाग्छ भने त्यो भिडियोमा केटाको अनुहार देखाएको छैन रे ! यसबाट प्रस्ट हुन्छ कि ति बहिनीलाई जानी जानी बदनाम गराउन लागेका रहेछन् उनका पार्टनर । यदि यस्तो हो भने तिनलाई समातेर आवश्यक अनुसन्धान गरि कडा भन्दा कडा सजाय दिइयोस् । पक्रेर तुरन्त नेपाल झिकाएर ति ब्यक्तिमाथि अनुसन्धान सुरु गर्न म सम्माननीय आईजीपी सर्बेन्द्र खनाल सरलाई अनुरोध गर्दछु ।

ति बहिनीले डराउनु पर्ने कुनै कारणै छैन । खुलेर बाहिर आऊ । र आफूलाई फसाएको हो भने किटानी जाहेरी देऊ । म तिम्रो साथमा छु । तिमीले बाँच्न पाउनु पर्छ । यो समाज त यस्तै हो, हामी नारीहरूकै कोखमा बस्छ, काखमा खेल्छ, छाती चुसेर हुर्कन्छ ! अनि जब हुर्किएर तिघ्रे बन्छ, फेरि हाम्रै शरीरमाथि बेसरम खेल्छ र अन्ततः भुइँमा बजारेर कति सजिलै भनिदिन्छ , ‘भाग रण्डी !’

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: