महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन


प्रकाशित मिति :2020-01-20 22:33:08

-महिला खबर-

अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको अनुगमन गरेका छन् ।

अछामको साँफेबगर नगरपालिकाका विभिन्न स्थानमा भत्काईएका छाउगोठको अनुगमन पछि बोल्दै मन्त्री गुरुङले प्रथा र परम्पराका नाममा कुनै पनि महिलाले अकालमा ज्यान गुमाउने अवस्था हुन नदिन सरकारले दबाबमूलक र चेतनामूलक कार्यक्रम गरिरहेको बताए ।

साफेबगर नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा उनले छाउगोठमुक्त गर्ने अभियानमा जुटेका साफेबगर नगरपालिकाका जनप्रतिनिधिहरुप्रति आभार व्यक्त गरे ।

मन्त्री गुरुङले पहिलो चरणमा छाउपडी गोठ भत्काउने कार्य भएको भन्दै अब जनचेतना जगाउने कार्य गर्ने बताए । महिलामाथि हुने सबै हिंसा तथा विभेदको अन्त्यका लागि सरकार गम्भीरताका साथ लागिरहेको उनले बताए ।

अछाममा सोमबार छाउपडी कुप्रथा न्यूनीकरणका लागि विज्ञसहित सरोकारवालासंग बृहत अन्तक्रिया गर्न मन्त्रीसहितको टोली अछाम आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: