श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ


प्रकाशित मिति :2020-01-20 21:37:13

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । २५ बर्षीया श्रीमती मिना अधिकारीको हत्याको आरोपमा मकवानपुर प्रहरीले हिजो आइतबार अधिकारीलाई पक्राउ गरेको हो ।

मिना माघ ५ गते बिहान घर नजिक खोल्सामा मिना मृत भेटिएको प्रहरीको भनाइ छ ।
मृतकका पतिले पटक–पटक पिट्दै आएको र उनको हत्या पनि उनैले गरेको भनी मिनाका माइती पक्षले यज्ञराज विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले यज्ञराजलाई पक्राउ गरेको हो । मिनाका माइतीपक्षले माघ ५ गते नै किटानी जाहेरी दिएकाले यज्ञलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक ललनकुमार कुर्मीले बताए ।

मृतकको शरीरका विभिन्न भागमा चोट र डाम देखिएकोले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतकको हेटौंडा अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: