पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह


प्रकाशित मिति :2020-01-17 16:47:19

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेबी पुनले पत्रकार महिलाको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धीका लागि अपरिहार्य भएको बताएकी छन् । राज्यको चौंथो अंग पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उनको भनाइ छ ।

संचारिका समूह गण्डकी प्रदेशको आयोजनामा पोखरामा भएको ‘पत्रकार महिलाहरूका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी वस्तुगत रिपोर्टिङ तालिम’ को उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताएकी हुन् । उनले, राजनीतिक संरचनाहरू महिलामैत्री बन्दै गएको भए पनि सामाजिक दृष्टिकोणहरू महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको बताइन् ।

पत्रकारितामा महिलाहरू व्यवसायिक रुपमा टिकिराख्नका लागि पत्रकारितामा संस्थागत रुपमै हौसला र प्रोत्साह आवश्यक छ भन्दै आमसंचार तथा पत्रकारितामा महिलामैत्री नीति नियम बनाउन पनि मन्त्री पुनले आग्रह गरिन् । विषयवस्तुलाइ मसिनो गरि विश्लेषण गर्दै वस्तुगत समाचार लेख्ने परिपाटीले नै पत्रकार र पत्रकारिता दुबैको दक्षता बढाउँछ भन्दै मन्त्री पुनले राज्यको चौंथो अंगमा महिलालाई सहज वातावरण बनाउन गम्भीर र जिम्मेवार हुन आग्रह गरिन् ।

 

गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको तालिममा पत्रकारिता र तथा विभिन्न सामाजिक विषयहरूमा केन्द्रित रहेर कक्षाहरू संचालन गरिएको संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मीता अधिकारी जानकारी दिइन् ।

तालिममा वरिष्ठ पत्रकार तथा संचारिका समूह नेपालका केन्द्रीय निवर्तमान अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार पुष्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूह गण्डकीका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, क्रियाशील पत्रकार महिला समूह कास्कीकी अध्यक्ष सरिता तिमिल्सनाले सहजीकरण तथा संचारिका समूह लमजुङ अध्यक्ष शान्ता कमलीले रिपोर्टिङ अनुभव प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै संचारिका समूह नेपालका केन्द्रीय निवर्तमान अध्यक्ष निर्मला शर्र्माले पत्रकारितामा दक्ष बन्नका लागि इच्छाशक्ति सबैभन्दा महत्वपूर्ण हुने बताइन् । समाचारका विषयहरू धेरै नै भए पनि कसरी सार्वजनिक गर्ने भन्ने ज्ञान तथा कला नहुँदा ओझेल परेका विषयहरू मिडियामा अपेक्षाकृत आउन नसकेको शर्माले बताइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले समग्र महिलाको अधिकार स्थापित गर्न उनीहरूलाइ विकासको मूलधारमा ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: