बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ


प्रकाशित मिति :2020-01-14 12:40:25

–महिला खबर–

ललितपुर । सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गर्ने रवीन रुचाल (सार्की) पक्राउ परेका छन् ।

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले सार्कीलाई हिजो सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार गरेका छन् ।

भिडियो बनाएर त्यसबाट पैसा कमाउने उद्देश्य राखेर यस्तो हर्कत गरेका रविनले घटनासंग सम्बधित च्याट, फेसबुकमा पोष्ट र म्यासेज समेत गरेको पाईएको छ । उनले बिभिन्न ग्रुपहरु बनाई यस्ता अश्लिल भिडियोहरु अपलोड गरी viewer को आधारमा पैसा संकलन गर्ने उद्देश्य राखेको प्रहरीको भनाइ छ ।

यस्तै उनले घटना बारे उल्लेख गरी सामाजिक संजालमा माफी समेत मागेको प्रहरीले जनाएको छ ।

लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका उनले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

एसपी थापाका अनुसार रवीन ३ वर्ष अघि बानेश्वर क्षेत्रमा सामान ढुवानी गर्ने रिक्सा चलाउथे । उनले सो भिडियो ०७५ साल भदौ महिनामा खिचेका थिए भने सामाजिक सञ्जालमा मंसिर महिनामा पोस्ट गरेका थिए । उनी विरुद्ध ०७५ साल माघ ११ गते महाशाखामा जाहेरी परेको थियो ।

भिडियो सार्वजनिक भएपछि पक्राउ पर्ने डरले केही समय भारतमा गएर बसेको र पछि फर्किएर चितवनमा बसेको थाहा पाएपछि महाशाखाको टोलीले उनलाई पक्राउ गर्ने योजना बनाएको एसएसपी थापाले बताए ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ति युवक आफैंले भिडियो खिचेको स्वीकारेका छन् । अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भने भिडियोमा देखिएको थिएन ।

उनीमाथि साइबर अपराध अन्तर्गत थप अनुसन्धान गरेर कारवाही अगाडि बढाइने पनि एसएसपी थापाले जानकारी दिए । यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: