भगवान छन् त ?


प्रकाशित मिति :2020-01-14 11:28:11

तिमीले भन्यौ भगवान छ, मैले माने
निर्ममतापूर्वक उनको हत्या भयो
त्यो हत्यालाई तिम्रो भगवानले रोक्न सकेन
त्यो पनि मैले माने ।

तिमीले भन्यौं भूत छ, मैले माने
त्यो भूत यानेकी उनको आत्मा
यदि साँच्चिकै भूत अर्थात उनको आत्मा
भएको भए
फेरि त्यो हत्यारा किन जीवित हुन्थ्यो ?

भगवान भएको भए
उनको हत्या किन हुन्थ्यो ?
अनि फेरि उनको आत्मा फर्किएर आउने भए
त्यो हत्यारा फेरि किन जीवित हुन्थ्यो ?

रुपा थापा

सोध्छन् कसैले मलाई यहा
के त बौलाईस र ?
त्यो चिहानमा मस्तसंग निदाएर बस्छेस्
डर लाग्दैन तलार्ई ?
किन अहिलेसम्म त्यो मृत शरीरले
कुनै जिउँदो मान्छे मारेको ?
समाचारका पानाहरूमा छापिएर आएको छ र
भन त चिहानमा गाडिएका
ति हड्डिहरू जोडिएर फेरि फर्कि आएका छन् र ?

मध्यरातमा म त्यो चिहानमा
एक्लो एक्लो टोलाएर बसिरहँदा
फर्किएर आइदिए हुन्थ्यो नि ति मृत आत्माहरू
मैले गीतहरू घन्काउदा
मसंगै नाँच्नलार्ई
अनि मैले आँसुहरू झार्दा
मसंगै आँसुहरू झार्नलार्ई
अनि म अट्टाहाससंग हाँसिरहँदा
मसंगै जोड जोडले हाँस्नलार्ई
अनि अचानक त्यो मध्यरातमा
वर्षातका थोपाहरू वर्षिदा
म संगसंगै रुझ्नलाई ।

समाचारका पानाहरूमा छापिएका
उनको हत्याका कथा र कारणहरू
बलात्कार अनि त्यसपछि हत्या
मन्दिर मस्चिद, गुम्वा अनि चर्च
भागवत गीता, कुरान, त्रिपिटक र वाइवल
आखिर रोक्न मिल्ने भए
जस्ले रोकेको भए पनि त हुन्थ्यो
तेरो भगवान, मेरो भगवान भन्नेहरूले
किन रोक्न सकेन त्यो हत्या ?
या भनौ किन रोक्न सक्दैन त्यो पार्थनाले
अनि गुम्बामा बालिएका ति दीपहरूले ?
आखिर जसले रोकेको भए पनि त हुन्थ्यो
चाहना एउटै थियो
म त्यो चिहान र श्मसान घाट धाउनुमा
यदि उनको आत्मा फर्केर आउने भए
उनको त्यो आत्मालाई भेट्ने
तर आउदैन उनको त्यो आत्मा फर्केर
अनि बन्दैन कुनै समाचार
उनको आत्माबाट त्यो हत्याराको हत्या भएको ।

त्यसैले तिमीले मानेको भगवान
अनि तिमीले गर्ने पार्थना
जो उनको हत्या रोक्न सक्दैन
अनि तिमीले मानेको त्यो भूत
यानेकी उनको त्यो आत्मा
जीवित हुँदा पनि त्यो हत्यारा
फेरि फेरि फर्केर आउदैन ।

अब भन म किन डराउने
त्यो चिहान र त्यो श्मसान घाटसंग ?
जहा जीन्दगीको अन्त्यसंगै
नभेटिएका मेरा कयौं प्रश्नहरूसंग
उ वर्षौदेखि त्यसरी नै दबाएर निदाइरहेछ
मलाई ब्यूझाउनको लागि त्यो चिहानमा
फेरि फर्केर आउदैनन् किन ति म्रतात्माहरू ?

विदुर १ नुवाकोट

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: