बलात्कारीलाई १२ वर्ष कैद सजाय


प्रकाशित मिति :2020-01-12 14:33:56

–महिला खबर–

ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र तामाङलाई जिल्ला अदालत ललितपुरले १२ वर्ष कैद सजाय फैसला गरेको छ ।

तामाङले २० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै अदालतले पुस २४ गते यस्तो फैसला गरेको हो । न्यायाधीश भरत लम्सालको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका स्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताए ।

यस्तै अदालतले पीडित परिवारलाई ३० हजार रुपैयाँ क्षतिपुर्ति दिन समेत फैसला गरेको छ । पीडितलाई आरोपितले ललितपुर महानगरपालिका २ सानेपास्थित रोयल गेष्ट हाउमसा २०७५ माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्व माघ २५ गते महानगरीय प्रहरी परीसर जावलाखेलमा उजुरी परेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पाटन अस्पताल ललितपुरमा माघ २५ गते नै भएको थियो । आरोपितलाई २०७५ माघ २५ गते गिरफ्तार गरि अदालतमा पेश गरेपछि २०७५ फागुन २२ गतेको जिल्ला अदालत ललितपुरको आदेशमा पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बन्दाबन्दीः सम्बन्ध प्रगाढ बनाउने अवसर – मनोविद्, विपिन थापा

यस्तो बेलामा विशेष गरि मनमा आत्महत्याको सोचहरू आउने लक्ष्णहरू पनि देखिन्छ ।

हेलिन बोलेकको अनशनको २८८ औं दिनमा निधन

टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं

सिमानामा क्वारेन्टाइन

-बिमला खड्का- मलाई लाग्थ्यो सङ्कट मडारिएको बेला कसैले सम्झिने छ -जस्तो कि सरकार !

महिला र बालिकालाई हिंसाबाट बचाउन सरकारलाई सुझावसहित अपिल

–महिला खबर– ललितपुर । कोरोना भाइरसको दुष्प्रभावबाट बच्न भएको बन्दाबन्दिमा महिला र बालिकालाई हिंसा एवं

लकडाउन र ‘धर्ती’ हिंसा

देबका के.सी यही मौकामा महिला हिंसाका घटनाहरू भने अकल्पनीय तरिकाले बढेको बढ्यै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: