नेकपालाई प्रश्नः महिलामाथि यसैगरि कुठाराघात भए समाजवाद ल्याउन सकिएला ?


प्रकाशित मिति :2020-01-12 13:13:24

–महिला खबर–

ललितपुर । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले नेकपाको नेतृत्वलाई प्रश्न गरेको छः “महिलाहरूको नेतृत्व क्षमतामाथि यसैगरि कुठाराघात गर्दै जाने संस्कृतिबाट समाजवाद ल्याउन सकिएला त ?” समाजवाद उन्मुख संविधानको डिग हाक्ने नेकपाको नेतृत्वले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसंग सभामुख हुन सक्ने अनुभव, योग्यता, क्षमता सबै कुरा हुँदाहुँदै पनि केवल महिला भएकै कारण पदमुक्त गर्ने दुर्नियतको जतिसुकै विरोध र भत्र्सना गर्दा पनि कम हुने आक्रोस व्यक्त गरेको छ ।

सञ्जालले आज विज्ञप्तिमार्फत संघिय संसद सभामुखविहीन भएको करीव तीन महिना बितिसक्दा पनि संसदसहित राजनीतिक दलहरू अनिर्णयको बन्दी बनिरहेको कुराप्रति खेद प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “सभामुख पद रिक्त भएको अवस्थामा वहालवाला उपसभामुख शिवमाया तुम्बाहाम्फे त्यसको दाबेदार हुँदाहुँदै महिला भएकै कारणले उहाँलाई त्यसपदमा स्विकार नगरी लामो समयसम्म सभामुख विहीनताको अवस्था सृजना भएको अवस्थाप्रति महिला मानवअधिकार रक्षहरूको राष्ट्रिय संजालको गम्भिर ध्यानकर्षण भएको छ ।”

विज्ञप्तिमा माक्र्स लेनिनका अनुयायीहरूले महिलाहरूको संलग्नता बिनाको राजनीतिबाट कसरी समाजवादको सपना देखेका होलान् ? हामीलाई यो कुराले आश्चर्यमा पारेको छ भनिएको छ । तसर्थ क्षमता पुरुषहरूमा मात्रै छ, अवसर पुरुषहरूले मात्रै पाउनु पर्छ, न्याय पुरुषहरूमाथि मात्रै गर्नुपर्छ, नेतृत्व व्यवस्थापन गर्ने आवश्यकता पुरुषहरूलाई मात्र हो भन्ने वर्तमान सरकार, सत्ता र पार्टी नेतृत्वको पितृसत्तात्मक सोच, संस्कार र स्खलित विचारलाई तेजोबध गर्न आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ

संघिय संसद सभामुखविहीन भएको करीव तीन महिना बितिसक्दा पनि संसदसहित राजनीतिक दलहरु अनिर्णयको बन्दी बनिरहेको कुराप्रति हामी खेद प्रकट गर्दछौं ।

सभामुख पद रिक्त भएको अवस्थामा वहालवाला उपसभामुख शिवमाया तुम्बाहाम्फे त्यसको दाबेदार हुँदा हुँदै महिला भएकै कारणले उहाँलाई त्यसपदमा स्विकार नगरी लामो समय सम्म सभामुख विहिनताको अवस्था सृजना भएको अवस्था प्रति महिला मानवअधिकार रक्षहरुको राष्ट्रिय संजालको गम्भिर ध्यानकर्षण भएको छ । सभामुखको पद रिक्त हुँदा वहालवाल उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सहजै सभामुख बनाउन सकिने उपयुक्त बाटोलाई आनाकानी गर्दै वहाँलाई जबरजस्त पदमुक्त गर्न दबाब दिनु भनेको सबै क्षमता, दक्षता र योग्यता हुँदा हुँदै पनि महिला भएकै कारणले स्विकार नगुर्नले उहाँमाथि राजनीतिक हिंसा भएको हामीले ठहर गरेका छौं ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेसंग सभामुख हुन सक्ने अनुभव, योग्यता, क्षमता सबै कुरा हुँदा हुदै पनि केवल महिला भएकै कारण पदमुक्त गर्ने दुर्नियतको जतिसुकै विरोध र भत्र्सना गर्दा पनि कम हुन्छ । समाजवाद उन्मुख संविधानको डिग हाक्ने नेकपाको नेतृत्वले महिलाहरुको नेतृत्व क्षमता माथि यसै गरी कुठाराघात गदै जाने संस्कृतिबाट समाजवाद ल्याउन सकिएला त ? माक्र्स लेनिनका अनुयायीहरुले महिलाहरुको संलग्नता विनाको राजनीतिबाट कसरी समाजवादको सपना देखेका होलान् हामीलाई यो कुराले आश्चर्यमा पारेको छ । तसर्थ क्षमता पुरुषहरुमा मात्रै छ, अवसर पुरुषहरुले मात्रै पाउनु पर्छ, न्याय पुरुषहरुमाथि मात्रै गर्नुपर्छ, नेतृत्व व्यवस्थापन गर्ने आवश्यकता पुरुषहरुलाई मात्र हो भन्ने वर्तमान सरकार, सत्ता र पार्टी नेतृत्वको पितृसक्तात्मक सोच, संस्कार र स्खलित विचारलाई तेजोबध गर्न आवस्यक छ ।

संघिय संसदको सभामुख पदमा तुरुन्त शिवमाया तुम्बाहाम्फेलाई नियुक्त गर्न हामी ७७ जिल्लाका महिला मानवअधिकार रक्षकहरको तर्फबाट जोडदार माग गदछौं ।

यतिवेला देशमा वर्गिय आन्दोलनको आवस्यकता छ । पितृसत्तात्मक सोचको यो अन्यायपूर्ण निर्णय प्रति राजनीतिक दलका महिला संगठनहरु अझै नेकपाको महिला संगठन बोल्न जरुरी छ । यो काल पल्केको हो यदि यसलाई चुपचाप सहने हो भने थुप्रै शिवमायाहरुमाथि राजनीतिक क्रुर हिंसा हुने छ त्यसैले यतिवेला सबै राजनीतिक दलका महिला संगठनहरुलाई यो क्रुरताको विरुद्ध वोल्न र प्रतिकारका लागि कदम चाल्न समेत आग्रह गर्दछौं । महिलाहरुसंग भएको जोश, जाँगर र क्षमतालाई प्रयोग गर्ने मौका दिंदामात्रै हामी सबैले चाहेको समाजवाद स्थापित हुन सक्छ । समाजिक समानता,न्याय र शुशासन हामी सबैको चाहाना र आवस्यकता हो । नेपालको समुन्नत विकास विभेदको अन्त्यबाट मात्र संभव छ , नेतृत्व तहमा महिलाहरुको उपस्थिती यसको अनिवार्य शर्त हो । फेरी पनि रिक्त सभामुख पदमा वर्तमान उपसभामुख विषयगत दक्षता र क्षमताका धनी अनुभवी व्यक्तित्व शिवमाया तुम्बाहाम्फेलाई नै नियुक्त गर्न हामी जोडदार माग गर्दछौं ।

राधिका सापकोटा
महासचिव

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: