डा.शिवमायालाई सभामुख हुन नदिए देशव्यापी आन्दोलन गर्छौः डा. अधिकारी


प्रकाशित मिति :2020-01-12 12:43:58

–महिला खबर–

ललितपुर । महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष, डा. रेणु अधिकारीले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेमाथि राजनीतिक हिंसा भए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएकी छन् । पितृसत्ताका विरुद्ध गरिने यो आन्दोलनमा सिंगो जनताको साथ रहने उनको विश्वास छ ।

अध्यक्ष डा. अधिकारीले सभामुख पद रिक्त भएको तीन महिना भइसक्दा पनि सभामुख चयन नगरेर संसद नै बन्दी बनाइएकोप्रति आपत्ति जनाउदै शिवमायालाई सभामुख हुन नदिने दाउपेच अनुसार यसो भएको बताइन् ।

“सभामुखको अनुपस्थितिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले मज्जाले संसद हाँकिराख्नुभएको छ । संसद चलाउन न उहाँलाई हिजोका दिनमा समस्या थियो, न आज” अधिकारीले भनिन्, “कुनै पनि कुरामा खोट लगाउन मिल्ने ठाउँ नहुदासमेत उहाँलाई सभामुख हुन नदिनु भनेको त्यो ठाउँमा पुरुष वा अरु कुनै महिला नामका महिला ल्याउन गरिएको खेल हो भन्न गाह्रो छैन ।” उनले योग्यता, क्षमता र अनुभव सबै कुराले योग्य डा. शिवमायाले आफ्नो अडान छोड्न नहुनेमा जोड दिइन् ।

डा. रेणु अधिकारी

महिला खबरसंग कुराकानी गर्दै अधिकारीले यति धेरै विशेषता हुँदाहुँदै पनि नेकपाले उहाँलाई सभामुखका लागि योग्य नदेख्नु, सभामुख हुने अवसर नदिनु भनेको पितृसत्तात्मक सोचको उपज हो भनिन् । तीन–तीन महिना संसद सभामुखविहीन हुँदा पनि सभामुख चयन नगर्नु भनेको डा. शिवमायालाई सभामुख हुनै नदिने राजनीतिक चलखेल भएको उनको बुझाइ छ ।

सरकार र राजनीतिक दलहरुलाई संसदलाई अनिर्णयको बन्दी नबनाई चाँडो भन्दा चाँडो सभामुख चयन गर्न उनको आग्रह छ ।

“सभामुखको प्रमुख हकदार उपसभामुख हुँदाहुँदै पुराना या कुनै नयाँ अनुहार, महिलाको एजेण्डा बोक्न नसक्ने नाम मात्रैका महिला सभामुखमा ल्याउनु भनेको उहाँमाथिको राजनीतिक हिंसा हो” डा. अधिकारीको चेतावनी छ, “उहाँमाथि राजनीतिक हिंसा हुँदा महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल चुप लागेर बस्नेवाला छैन । न्याय, समानता र पितृसत्ताका विरुद्ध हामी देशव्यापी आन्दोलन गर्न बाध्य हुनेछौं ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ

राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे

‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: