ज्यानमारा छाउ गोठ भत्काउन प्रहरी सक्रिय


प्रकाशित मिति :2020-01-07 11:39:38

–महिला खबर–

अछाम । ज्यानमारा साबित भएका छाउ गोठ भत्काउन अछाम प्रहरी सक्रिय भइरहेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिलेसम्म एक हजार एक सय ५२ छाउ गोठ भत्काईएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले छाउ गोठ भत्काउने अभियान शुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुबाट छाउपडी प्रथा न्यूनीकरण गर्न “छाउपडी गोठ भत्काउने अभियान” थालिएको उनले बताए । प्रहरी, स्थानीय निकायका जनप्रतिनिधी, समाजसेवी, महिला, पत्रकार, महिला समूह, आमा समूहहरुको सहभागितामा उक्त अभियान थालिएको उनले बताए ।

पछिल्लो तीन दिनको अवधीमा साफेबगर नगरपालिकामा एक सय ६ वटा, पञ्चदेवल विनायक नगरपालिकामा ३३ वटा, रामारोशन गाउँपालिकामा १८, ढकारी गाउँपालिकामा ५७, मेल्लेख गाउँपालिकामा ५७, तुर्माखाद गाउँपालिकामा ६३ चौरपाटी, गाउँपालिकामा २५ गरि तीन सय ५९ वटा छाउपडी गोठहरु भत्काईएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ

राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे

‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: