छाउ प्रथा विरुद्ध निरुदेवी पाल कडा रुपमा प्रस्तुत, गोठमा बस्ने महिलालाई पनि कार्वाही हुने


प्रकाशित मिति :2020-01-07 11:16:08

–महिला खबर–

ललितपुर । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल छाउपडी प्रथा विरुद्ध कडा रुपमा प्रस्तुत भएकी छन् । समितिको सोमबार बसेको बैठकमा सभापति पाल कडा रुपमा प्रस्तुत भएकी हुन् । समितिको बैठकले महिनावारी भएका बेला छाउ गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

पालका अनुसार बैठकले संस्कारका नाममा कानून नमान्ने र गलत व्यवहार गर्ने कसैलाई छुट नहुने भन्दै छाउपडी प्रथा मान्दै आएका अभिभावक र महिलालाई कारबाही गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रथा र परम्पराका नाममा कसैले पनि मृत्युवरण गर्न नहुने भन्दै अमानवीय संस्कारगत व्यवहारहरु अन्त्य गर्न राज्य कडा रुपमा प्रस्तुत हुन आवश्यक देखिएपछि यस्तो पहल थालेको सभापति पालको भनाइ छ । त्यसका लागि समितिले महिला मन्त्रालय, गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाईसमेत निर्देशन दिएको छ ।

समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाईसमेत निर्देशन दिइएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिइन् ।

समितिले गएको वर्ष बाजुरा लगायतका जिल्लाको स्थलगत अध्ययन गरि अल्पकालिन र दिर्घकालिन सुझावसहितको प्रतिवेदन महिला मन्त्रालयमा पठाएको थियो । तर, प्रतिवेदन कार्यान्वयमा नआएको भन्दै तत्काल रणनीति बनाएर प्राथमिकताकासाथ कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएको छ ।

यसैगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेश एवं पालिकासँग समन्वय गरि तत्काल कार्यसम्पादन गर्न पनि महिला मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्ता कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिइएको सभापति पालले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ

राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे

‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: