आर्थिक संवृद्धि र कामकाजी महिला


प्रकाशित मिति :2019-12-24 14:00:10

नेपालमा महिलाको जनसंख्या ५१.४८ प्रतिशत छ । उमेरले १५ देखि ६० वर्ष बिचको जनसंख्या देशको श्रमशक्ति हो । राष्ट्रको पुँजी हो । कुनै पनि व्यक्ति आफ्नै काममा संलग्न भए पनि आर्थिक क्रियाकलाप, वा कुनै उपार्जन गर्दछ भने त्यसको माध्यमबाट देशमा आर्थिक गतिविधी भईरहेको हुन्छ । त्यसकोसमेत आधारमा देशको आर्थिक संवृद्धि मापन हुने गर्दछ ।

हालका दिनमा जोखिम मोलेर भए पनि स्वदेश भन्दा विदेशको रोजगारीले युवाहरूलाई आकर्षण गरिरहेको छ । चाहे केटा होस् वा केटी । महिलाको करियर र पारिवारिक जीवनको तालमेल एउटा महत्वपूर्ण विषय हो, त्यसैले महिलाको करियरलाई मध्यनजर राखि आर्थिक क्रियापलापमा सहभागिता व्यवस्थित गर्न राज्यले विशेष ध्यान दिनुपर्दछ ।

संविधानको धारा ५१ (ञ) मा राज्यका निर्देशक सिद्धान्त तथा नितीमा रोजगारी तथा आयआर्जनको काममा समान अवसर तथा पहुँच हुनुपर्ने, मर्यादित श्रमको व्यवस्था कार्यान्वयन, प्रजनन् अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चितता गर्ने, बालबच्चाको पालन पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्यांकन गर्नेे जस्ता व्यवस्था उल्लेख भएका छन् ।

निशा बानियाँ

राज्यको नीति तथा कार्यक्रमले पनि यी व्यवस्थाहरूलाई आत्मसात गरेको छ । यद्यपि जे जस्ता निती तथा कानूनी व्यवस्थाहरू आए पनि महिलाको आर्थिक अवस्थामा भने जस्तो फड्को मार्न सकिएको छैन । महिला सार्वजनिक जीवनमा त प्रवेश गरिरहेका छन्, तर राष्ट्रिय श्रमशक्ति सर्वेक्षणको पछिल्लो तथ्यांकलाई हेर्दा वर्तमान अवस्थासम्म आईपुग्दा अनौपचारिक क्षेत्रमा ६२.२ प्रतिशत आर्थिक क्रियाकपाल हुने गर्दछ । त्यसमा ९०.५ प्रतिशत महिलाहरू संलग्न छन् भने औपचारिक क्षेत्रमा जम्मा ९.५ प्रतिशत । पारिवारिक तथा सामाजिक हिसाबमा महिलाले गर्नैपर्ने वा गरिरहेका कामलाई काम नै मानिदैन । त्यसैको परिणाम स्वरुप पारिश्रमिकमा पनि विभेद छ । नेपालको जेण्डर पे ग्याप ३० प्रतिशत (मासिक कमाई पुरुष रु.१९,४६४ महिला १३,६३०) देखिन्छ ।

पछिल्लो समयमा स्वरोजगार, उद्यम, सेवामूलक काम, व्यवसाय, प्राईभेट रोजगारी, सरकारी रोजगारी, वैदेशिक रोजगारी, पेशागत रोजगारी जस्ता विभिन्न आर्थिक गतिवीधीमा संलग्न हुने महिलाको संख्या बढ्दो छ । यीमध्ये कतिपय रोजगारी पारिश्रमिक वा मुनाफा बिनाका छन् भने कतिपय विवाह, बसाईसराई, दोहोरो तेहरो श्रमको झन्झट, घरायसी काम, बालबच्चा तथा बिरामी, जेष्ठ नागरिकको स्याहार सुसार गर्ने जिम्मेवारी, घरेलू हिंसा तथा यौनजन्य हिंसा, तोकिएको वा न्यूनतम पारिश्रमिक नपाउने, श्रमको उचित पारिश्रमिक नपाउने, क्षमता अनुसारको रोजगारीको अवसर नपाउने जस्ता कारणले जोखिम लिएर वैदेशिक रोजगारीमा जाने वा व्रेनड्रेन हुने, गरिरहेको काम, व्यवसाय छाड्ने वा काममा अनियमितता हुने गरेको देखिन्छ । सरकारी सेवा सुरक्षित भए पनि सेवा प्रवेशको अवसर अत्यन्त कम छ भने सरकारी करार वा परियोजनामा आधारित अवसरहरूमा रिटायर्ड कर्मचारीहरूले नै लाभ लिने गरेकोले युवाले यस्तो अवसर न्यून मात्रामा मात्रै प्राप्त गर्ने गरेका छन् ।

महिलाले बढी मात्रामा गर्दै आएको कार्य क्षेत्रको कुरा गर्दा घर आधारित तथा घरेलु श्रममा योगदान नगर्ने खासै कोही महिला छैनन् । जुन श्रमको औपचारिक क्षेत्रकोबाहेक अरु राष्ट्रिय आयमा गणना भएको छैन । एउटा सामान्य महिलाले दैनिक कम्तीमा ९÷९ घण्टा र कामकाजी महिलाले कम्तीमा १२÷१३ घण्टा काम गर्नुपर्ने अवस्था छ । पारिश्रमिकको हिसाब गर्दा ८ घण्टा बराबर एक दिनको पारिश्रमिक भुक्तानी दिनुपर्ने हुन्छ, बाँकी समयको ओभरटाईम ।

नेपालमा विद्यमान व्यवस्था अनुसार न्यूनतम पारिश्रमिक प्रतिघण्टा रु.६९, प्रतिदिन रु.५ सय १७ र मासिक रु.१३ हजार ४ सय ५० तोकिएको छ । यो काम, पारिश्रमिक र नेपालको पारिवारिक संरचनात्मक कार्य विभाजन हेर्दा हालसम्म “केही काम नगर्ने घरमै बस्ने” भनिएका महिला पनि कम्तीमा मासिक रु.१३ हजार ४ सय ५० बराबरको काम त गर्ने गर्छन् ! त्यसैले स्याहारसुसार, सरसफाई, साजसज्जा, घरको सुरक्षा, बगैचाको काम, खेतीबारीको काम, बालबच्चाको पढाई, खाना पकाउने, लुगा धुने लगायतका घरायसी कामलाई पारिश्रमिक प्राप्त हुने कामको रुपमा पहिचान तथा विकास गर्न र यस प्रकारको काममा संलग्न व्यक्तिलाई दक्ष श्रमिकको रुपमा विश्वास गर्न आवश्यक छ । यसो गर्दा मुलुकको कुल जनसंख्याको ५१ प्रतिशत भन्दा बढी जनसंख्याले दैनिक गर्ने काम राष्ट्रिय आयमा देखिन्छ । जसले नेपालको प्रतिव्यक्ति आय, नेशनल ग्रस इन्कम लगायत सबै क्षेत्रमा स्वतः आय बढ्ने देखिन्छ । यसको अर्को पक्ष भनेको घरायसी कामलाई व्यवसायिकीकरण गर्ने पनि हो ।

जस्तो कि, कामकाजी महिला बढि हुने स्थानहरूमा सुलभ मुल्यमा स्वस्थ्यकर खाना उपलब्ध हुने, कृषि उत्पादन तथा बजार व्यवस्थापन, स्याहार सुसारको कामलाई सामूहिक रुपमा व्यवस्थापन गर्ने, सरसफाईका दक्ष श्रमिकहरू तयार गर्ने, सामूहिक रुपमा प्रयोग गर्न मिल्ने वासिङ्ग मेसिनहरू राख्ने, खेती उत्पादन, उच्च स्तरका बाल विकास केन्द्रहरू संचालन गर्ने लगायतका कामलाई व्यवसायिकीकरण गर्न सकिन्छ । यसबाट सेवामूलक रोजगारीका नयाँ अवसरहरू सृजना हुन्छन् । अर्को तर्फ छोराछोरीलाई घरेलु कामको बाँडफाड र व्यवस्थापनले महिला पुरुष लगायत सबैं लिंगलाई औपचारिक रोजगारी तथा आर्थिक गतिवीधीमा सहभागी हुन मद्दत पुग्दछ भने छोराछोरी बिचको विभेद पनि घट्छ ।

त्यसैगरि उत्पादन तथा वितरण प्रणालीलाई सहज बनाउने, व्यवसायिक काममा संलग्न महिलाहरूको वृत्ति विकास, उत्पादनका कच्चा पदार्थहरू सुलभ रुपमा प्राप्त गर्ने, उत्पादित समानहरू बजार सम्म पुर्याउने र नेपाली उत्पादनलाई प्राथमिकताका साथ खरिद गर्ने वाताववरण बनाउन आवश्यक छ । जस्तो कि, नेपालको सरकारी पोषाक नेपाल मै बनेको कपडाको हुनुपर्ने व्यवस्था गर्दा नेपाली कपडाको उत्पादन बढ्न जान्छ । राज्यले प्रबद्र्धन गर्ने महिलामुखि कार्यक्रमहरूमा साना घरेलु उद्योग, सिलाइबुनाई, अचार बनाउने जस्ता मसिना काममा भन्दा पनि उच्च गुणस्तरका व्यवसायिक उद्योग, गार्मेण्ट, मसला उद्योग आदिको विकासमा ध्यान दिनु आवश्यक छ, जसमा एकै पटकमा हजारौंले मर्यादित रोजगार प्राप्त गर्न सक्दछन् र उत्पादन लागत पनि कम पर्न गई सामान सस्तोमा उपलब्ध हुन्छ । यसले महिला श्रमशक्तिलाई कुनै न कुनै औपचारिक रुपको आयआर्जन वा रोजगारीमा जोड्न सक्छ ।

कानून, नितीगत व्यवस्था र कार्यान्वयनमा तालमेल हुन आवश्यक छ । श्रम ऐनमा १५ दिन प्रसूति स्याहार बिदा दिने कानूनी व्यवस्था छ । तर पुरुषले बच्चा तथा प्रसूति स्याहार नै गर्न जानेको हुदैन । कार्यस्थलमा व्यवस्थापन पक्षले गर्भवतीलाई हलुका र सहज काम गर्ने वातावरण गराउनु पर्ने भनेको छ । तर व्यवस्थापन तथा सहकर्मीहरूलाई के गर्दा जोखिम हुन्छ, त्यसको बारेमा जानकारी हुदैन ।

ट्रेड युनियनको बारेमा श्रम मन्त्रालयबाहेक अन्य मन्त्रालयलाई केही जानकारी तथा समन्वय हुने गरेको छैन । राष्ट्रिय योजना आयोगको १५ औं योजनाले स्वस्थ्य शिशु जन्माउने तथा जन्मदर बढाउने कुरामा जोड दिएको छ । त्यसमा रोजगारी तथा सार्वजनिक क्षेत्रमा प्रवेश गर्ने महिलाको संख्या बढ्दो क्रममा रहेको, बालिका हुर्कदै गर्दा पोषण, खोप, पाठेघर तथा प्रजजन् स्वास्थ्य, जिवनोपयोगी शिक्षा तथा तालिमहरू, असल पारिवारिक सम्बन्ध, मर्यादित तथा न्यूनतम आधारभूत कुराहरूको परिपूर्ति हुने खालका रोजगारी, सुख सन्तुष्टि, जन्मदर, उमेर, परिवारमा घर तथा व्यवहारिक कामको बाँडफाँड, स्वस्थ्यकर जीवनशैली, शारीरिक अवस्था तथा अन्य आधारमा हुने विभेदको अन्त्य, मर्यादित रोजगारी, कामको प्रकृति अनुसारले हुने रोग तथा त्यसका न्यूनीकरणका उपायहरूको उचित व्यवस्थापन भयो भने मात्र महिलाको स्वास्थ्य राम्रो हुने र स्वस्थ्य महिलाबाट स्वस्थ्य शिशुको जन्म हुन्छ ।

जर्मनीमा सामाजिक सुरक्षा नितीमार्फत सबैलाई योगदान गर्ने वातावरण मिलाईएको छ भने शिक्षा, स्वास्थ्य निःशुल्क छ । यति सम्म कि, कतिपय मुद्दामा वकिलले मुद्दा हेरेको लाग्ने शुल्क, शिक्षकको तलब लगायतका खर्चसमेत सामाजिक सुरक्षा कोषबाट भुक्तानी हुँदो रहेछ ।

त्यसै गरेर राज्यले महिलाको श्रमलाई प्रोत्साहन गर्ने निती लिएको छ । तर महिलालाई तनावपूर्ण दोहोरो तेहेरो श्रममा व्यस्त बनाउने रुपमा मात्र हुनु भएन । यसभित्र रहेका जिम्मेवारीहरू व्यवस्थापन, काम र जीवन बिचको सन्तुलन, घरायसी काममा पुरुषहरूको सहभागिता, बालक र बालिका दुवैलाइ आफ्नो व्यक्तिगत सरसफाई तथा घरायसी काम आफै गर्ने बानी बनाउने निती लागु गर्ने, गर्भवती तथा सुत्केरी अवस्थामा पति लगायत पारिवारिक सदस्यलाई स्याहार सुसार सम्बन्धि तालिम तथा कार्यस्थलमा गर्भवती तथा गर्भको शिशुको स्वास्थ्यको ख्याल राख्नेबारे सचेतनामूलक कार्यक्रम गर्ने, हरेक वडामा सुविधासम्पन्न शिशु स्याहार केन्द्रहरूको स्थापना, यौजजन्य हिंसामुक्त कार्यस्थल र हरेक निकाय तथा क्षेत्रमा आचारसंहिता बनाई लागु गर्ने, हरेक स्थानीय तहमा एक एक जना विषय विज्ञ लैंगिक विकास अधिकृतको नियुक्ति तथा लैंगिक समानता निती ल्याउने, महिला मन्त्रालयमा श्रममा संलग्न महिलाको विषय हेर्न तथा कार्यस्थलमा हुने यौनजन्य हिंसा नियन्त्रणको लागि रोजगारदाता, श्रमिक तथा सरकार बिचको संयन्त्र बनाई ऐन कार्यान्वयन गर्ने, महिलाको श्रमलाई राष्ट्रिय आम्दानीमा गणना गर्ने विधी प्रविधीको विकास गर्ने, हरेक व्यवस्थापन तथा नितीनिर्माण तहमा महिलाको समावेशी समानुपातिक सहभागिता सम्बन्धि कार्यविधी, निती बनाई कार्यान्वयन गर्ने, श्रम मन्त्रालय, महिला मन्त्रालय, उद्योग मन्त्रालय तथा राष्ट्रिय योजना आयोग बिच रोजगारी तथा उद्यम व्यवस्थापन सम्बन्धि सहकार्य र समन्वय हुनु पर्ने, सार्वजानिक कामको समयको व्यवस्थापन जस्ता कार्य गर्न आवश्यक छ । तराईं तथा पिछडिएका क्षेत्रमा एक घर एक महिला रोजगार, छाउपडी प्रभावित क्षेत्रमा हरेक महिला रोजगार जस्ता कार्यक्रमहरू ल्याउन आवश्यक छ ।

विभिन्न विकसित देशहरूमा सबै जनतालाई रोजगारी वा औपचारिक आर्थिक गतिवीधीमा संलग्न गराउने निती लिएको पाईन्छ । जस्तै जर्मनीमा सामाजिक सुरक्षा नितीमार्फत सबैलाई योगदान गर्ने वातावरण मिलाईएको छ भने शिक्षा, स्वास्थ्य निःशुल्क छ । यति सम्म कि, कतिपय मुद्दामा वकिलले मुद्दा हेरेको लाग्ने शुल्क, शिक्षकको तलब लगायतका खर्चसमेत सामाजिक सुरक्षा कोषबाट भुक्तानी हुँदो रहेछ । ति देशहरूमा बच्चा जन्मेको अवस्थामा श्रीमान् श्रीमती मध्ये जसको आम्दानी कम छ उसले बिदा पाउने र बच्चा स्याहार गर्नुपर्ने, बच्चाका आमा बाबाको लागि तलबी बिदा, शिशु स्याहार केन्द्रहरूको सेवा आमाले जस्तो राम्रो स्याहारसुसार गर्ने व्यवसायिक व्यक्तिद्धारा प्रदान गरिने सेवा, कार्य समयको व्यवस्थापन, आमा र बच्चाको पोषण, स्वास्थ्य, सुरक्षा, बेरोजगारी अवस्थाको तलब, बृद्ध अवस्थाको लागि मासिक तलब सुविधा (पेन्सन) लगायतका सामाजिक सुरक्षाको माध्यमबाट आकर्षक सुविधाहरू व्यवस्था गरेको छ । जुन लैंगिक समानताको लागि महत्वपूर्ण छन् । त्यसैले मानिसहरू आफ्नो आम्दानीको स्तर हेरि ५० प्रतिशत रकमसम्म पनि राज्यको सामाजिक सुरक्षा कोषमा तिर्न तयार हुँदा रहेछन् । यस्ता नीतिले विकसित देशरुले धेरै वर्ष अघि महिला श्रमशक्ति पहिचान गरेको प्रत्यक्ष देखिन्छ ।

तसर्थ नेपालमा पनि तमाम महिला घरबाट काममा बाहिर निस्कने वातावरण बन्न आवश्यक छ । वातावरण यस्तो होस् कि दिनको कम्तीमा ८ घण्टा नेपाल मै काम गर्न मन लागोस् । हरेक काम र समयको महत्व होस् । समग्रमा काम र जीवन बिचको सन्तुलन राष्ट्रको आर्थिक विकासले फड्को मार्ने विषय हो ।

(लेखक बानियाँ अधिवक्ता हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: