साँच्चैकी भगवान


प्रकाशित मिति :2019-12-15 12:23:39

गर्भमा हुँदा,
उ नचल्दा उनको स्वाँस नै नचलेजस्तो,
उसले साउति नमार्दा उनको धड्कन नधड्केजस्तो,
उसको लात्ताको कम्पनले पट्पटी छाला फुटे पनि,
उसको साउतिले शरीर थिलथिलो भए पनि,
हाँसी-हाँसी खुशी साँट्ने,
उसकै चाल र कम्पनको पर्खाइमा आफूलाई भूलिदिने ।

प्रशव वेदनास
घण्टौपछिको छटपटाहटपछि शरिर चिरेर उ निस्कदा,
अनगिन्ती पीडाहरूलाई छिचोल्दै उ च्या गर्दा,
सबै वेदना, चित्कारहरु, उसलाई देख्दै भूलिदिने,

उसकै सपनाका पुलिन्दाहरूमा आफू हराउने।
आजभोली उनको घडी फेरिएको छ,
निद्रा,
भोक,
आराम,
सबै उसकै नाममा अर्पित छन् ।

उ निदाउँदा आफू निदायजस्तै,
उ अघाउँदा आफू अघाएजस्तै,
उ आराम, स्वस्थ र मस्त भए आफै भएजस्तै,
न खाने, न सुत्ने, न त उठ्ने ठेगान,
उनका सबै खुशीहरु
उनकै हेराइ,
उनकै हँसाइ,
उनकै समयसंग साटिएका छन् अचेल।
हो,
उनकाजस्तै,
मेरी आमाले मेरा लागि,
तपाईंकी आमाले तपाईँका लागि,
आफ्ना सबै चाहना र खुशीहरू लुटाएकी त होलिन्,
त्यसैले,
भगवान त केवल कल्पना र भ्रम मात्रै हो जस्तो लाग्ने,
आमा नै भगवान हो जस्तो लाग्ने,
आमा नै साक्षात् भगवान हुनजस्तो लाग्ने !
उनकी आमा,
मेरी आमा,
र तपाईंकी आमा, हामी सबैकी आमा साँच्चै भगवान हुन किन नभन्ने ?

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: