अँध्यारोमै जन्मिन्छन् शिशुहरू


दुर्गमका प्रसूति केन्द्रमा समस्यै समस्या

प्रकाशित मिति :2019-12-13 11:06:52

डोल्पा । दुर्गमका गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने उद्देश्यले प्रसूति केन्द्र स्थापना गरिए पनि आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा समस्या भएको छ ।

त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटबगरस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्रमा बत्तीको व्यवस्था नहुँदा मोबाइलको उज्यालोको भरमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको कार्यरत् स्वास्थकर्मीहरूको भनाइ छ ।

यसवर्ष साउन यता मात्रै १६ जना सुत्केरीले प्रसूति सेवा लिएको केन्द्रमा मोबाइलको उज्यालोकै भरमा सुत्केरी गराइएको स्वास्थ्य चौकीका इञ्चार्ज तुलबहादुर श्रेष्ठले बताए ।

सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामको लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भए पनि स्वास्थ चौकीमा बत्तिकोसमेत व्यवस्था छैन ।

स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले राम्रो हुने ठानेर स्वास्थ्यचौकीमा सुत्केरी हुन गएपनि उज्यालोको व्यवस्था बिना नै सुत्केरी हुनु परेको त्रिपुरासुन्दरी नपा–२ रूमकी नरचन्द्रा थापाले बताइन् ।

एक साता अघिमात्रै स्वास्थ्यकर्मीको मोबाइलको उज्यालोको भरमा सुत्केरी भएकी थापाको मृत बच्चा जन्मिएको थियो ।

स्वास्थ्य चौकीमा विद्युतको उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य चौकीले सेवा दिइरहेको स्थानीयको भनाइ छ ।

बिरामी र आफन्तले स्वास्थ्य चौकीमा भरपर्दो बिजुली तथा तालिमप्राप्त स्वास्थकर्मीको समेत माग गर्ने गरेका छन् ।

चिसोमा सुत्केरीका लागि हिटर लगायतका उपकरण प्रयोग गर्नुपर्ने भए पनि बिजुली नहुँदा समस्या भएको इञ्चार्ज श्रेष्ठले बताए ।

दुई वर्षको ग्यारेन्टी दिएको सोलार पनि जडानको केही समय लगत्तै बिग्रिएपछि उज्यालोका लागि अन्य वैकल्पिक उपाय समेत नभएको इञ्चार्ज श्रेष्ठको भनाइ छ ।

यस्तै जिल्लामा रहेका स्वास्थ चौकीहरूमा दक्ष अनमी नहुँदा करारका कर्मचारीहरूले नै सेवा प्रदान गर्ने गरेको स्थानीयहरूको भनाइ छ ।

प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एकजना तालिम प्राप्त अनमी अनिवार्य हुनुपर्ने भएपनि स्वास्थ्य चौकीहरूमा सुत्केरी तालिम नलिएका अनमीले सुत्केरी सेवा उपलब्ध गराउँदै आएका छन् ।

नगरपालिकाले करारमा भए पनि तालिम प्राप्त अनमी भर्ना गर्नुपर्ने र सो को लागि माग गरिएको स्वास्थ्य चौकीका इञ्चार्ज श्रेष्ठले बताए ।

दुई जना स्थायी अनमी दरबन्दी रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा हाल एक जना प्रसूति तालिम नलिएकी करार अनमी र एक जना मासिका कार्यरत छन् ।

समायोजनपछि स्वास्थकेन्द्रमा करारमा अनमी आएपनि तालिमप्राप्त र स्थायी अनमी अझै नआएको स्वास्थ्य चौकीले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोटसहितका पाँच ओटा स्वास्थ्य चौकीमध्ये चारओटा स्वास्थ्य चौकीमा रहेका प्रसूति केन्द्र सञ्चालनमा रहेका छन् ।

फुल्चिङ्ग स्वास्थ्य चौकीमा भने प्रसूति केन्द्र सञ्चालनको लागि आवश्यक उपकरण सहितका सामग्रीहरू पठाइए पनि सञ्चालनमा नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विष्णुप्रसाद देवकोटा/इन्सेक

    Comment Here!

Related NEWS
मुख्य खबर

बन्दाबन्दीः सम्बन्ध प्रगाढ बनाउने अवसर – मनोविद्, विपिन थापा

यस्तो बेलामा विशेष गरि मनमा आत्महत्याको सोचहरू आउने लक्ष्णहरू पनि देखिन्छ ।

हेलिन बोलेकको अनशनको २८८ औं दिनमा निधन

टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं

सिमानामा क्वारेन्टाइन

-बिमला खड्का- मलाई लाग्थ्यो सङ्कट मडारिएको बेला कसैले सम्झिने छ -जस्तो कि सरकार !

महिला र बालिकालाई हिंसाबाट बचाउन सरकारलाई सुझावसहित अपिल

–महिला खबर– ललितपुर । कोरोना भाइरसको दुष्प्रभावबाट बच्न भएको बन्दाबन्दिमा महिला र बालिकालाई हिंसा एवं

लकडाउन र ‘धर्ती’ हिंसा

देबका के.सी यही मौकामा महिला हिंसाका घटनाहरू भने अकल्पनीय तरिकाले बढेको बढ्यै छन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: