नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार


प्रकाशित मिति :2019-12-13 10:56:05

–महिला खबर–

ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी आज नेपाल ल्याइएको छ । सामाजिक अभियन्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाएका छन् ।

उद्धार गरिएकामा आठ जना बालक सर्लाहीका र दुई जना वीरगञ्जका रहेका छन् । उद्धार गरिएका मध्ये सात जना बालकलाई श्रमिकको रुपमा लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो भने तीन जनालाई नेपालबाट अपहरणकारीले अपहरण गरी भिख मगाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सामाजिक अभियन्ता रायले बताए ।

एक जना ठेकेदारले भारतको हरियाणा प्रान्तमा काम गराउन लैजाँदै गर्दा भारतीय प्रहरीले आफूहरुलाई उद्धार गरी बालगृहमा पुर्‍याएको बालकले बताएका छन् । ठेकेदारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक महिनाभन्दा बढी समयदेखि बालकहरु सीतामढीको बालगृहमा बस्दै आएका थिए ।

त्यस्तै वीरगञ्जबाट पप्पु पाण्डे नाम गरेका व्यक्तिले आफूहरुलाई अपहरण गरेर लगेको वीरगञ्जका बालकहरुले बताएका छन् । रक्सौल घुमाई दिन्छु भनेर फकाएर आफूहरुलाई पाण्डेले भारतमा लगेको उनीहरुले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ

राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे

‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: