बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक


प्रकाशित मिति :2019-12-12 17:23:20

–महिला खबर–

ललितपुर । परिवर्तित विश्वसँगै परम्परागत परिवारिक मुल्य मान्यताहरू पनि बदलिएका एक प्रतिवेदनले देखाएको छ । यून विमेनले आज सार्वजनिक गरेको बदलिँदो विश्वमा परिवारहरू नामक विश्वव्यापी प्रतिवेदनले यो बदलिँदो पारिवारिक अवस्थालाई सम्बोधन हुनेगरि पारिवारिक कानूनहरू बन्नु पर्ने औंल्याएको छ ।

समलिङ्गी विवाह, पहिलाको परम्परागत पारिवारिक अवस्थामा परिवर्तन, अविवाहित बस्ने, एकल अभिभाकत्व बहन जस्ता पारिवारिक संरचनाले पछिल्लो समयमा परिवारको संरचनामा उल्येख्य परिवर्तन भएको यो प्रतिवेदनले देखाएको छ ।

आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

प्रतिवेदनले प्राकृतिक प्रकोप, जलवायू परिवर्तन, आप्रवासन र शरणार्थीका कारण परिवारमा असर परेको र यस्तो समस्या सम्बोधनका लागि कानूनहरूको अभाव रहेको औंल्याइएको छ । बदलिँदो पारिवारिक अवस्थामा महिलाहरूको भूमिकामा परिवर्तन आइरहेको, महिला बाहिर काममा जान थालेको र महिलाले आफ्नो पहिचान खोजेका, उनीहरू आर्थिक आत्मनिर्भर तर्फ अघि बढेको र आत्मनिर्णय गर्ने क्षमता बढे पनि यही अनुपातमा महिलामाथि प्रति आक्रमण बढेको प्रतिवेदमा उल्लेख छ ।

महिलाहरूको आफ्नै अग्रसरतामा भइरहेका यस्ता परिवर्तन र उपलब्धिविरुद्ध भइरहेका आक्रमणलाई परास्त गर्न बलियो सामाजिक आन्दोलन र अभियान आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।

परिवारले महिलालाई बलियो र कमजोर बनाउन सक्ने भन्दै महिलाहरू सबैभन्दा असुरक्षित घरभित्रै रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ मा विश्वभर लगभग ५० हजार महिला आफ्नो नजिकको साथीबाट मारिएको तथ्याङ्क प्रतिवेदनमा छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघका आवाशिय संयोजक भ्यालरी जुलियण्डले बदलिँदो पारिवारिक अवस्था अनुसार कानूनहरू पनि परिवर्तन हुनुपर्ने बताइन् । उनले नेपालमा महिला र बालिकामाथिको बढ्दो विभेदले दिगोविकास लक्ष्यले तय गरेको सफलता पाउन निकै ने चुनौति रहेको औंल्याइन् ।

परिवारभित्र महिलाको अवस्था आर्थिक सामाजिक रुपमा राम्रो हुनु भनेको समाज र देशको समग्र अवस्था राम्रो हुनु हो भन्दे उनले यसका लागि महिलाप्रतिको सामाजिक दृष्टिकोण र मान्यता परिवर्तन निकै चुनौतिपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले नेपालमा राजनीतिक रुपमा महिलाको सहभागिता नेपालको संविधान कानूनहरू महिलामैत्रि भए पनि सामाजिक रुपमा महिलामाथिका विभेद, हानिकारक परम्पराहरूले महिलाको अवस्थामा उल्येख्य सुधार हुन नसकेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

उदयपुर कटारी घर भई भक्तपुर सानोठिमी बस्ने दाहाल बा.२ ख ९३२४ नम्बरको बस चालक हुन्

बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ

–महिला खबर– ललितपुर । हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार

‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’

–महिला खबर– भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु

बलात्कारीलाई १२ वर्ष कैद सजाय

–महिला खबर– ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: