सामूहिक बलात्कार आरोपमा उजुरी


प्रकाशित मिति :2019-12-12 11:45:53

नवलपरासी । ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पश्चिम) मा उजुरी परेको छ । पीडित पक्षले रामग्राम नपा– १६ का सुरत अरख, ३५ वर्षीय प्रभु दयाल कोहाँर र ३० वर्षीय ज्ञानबहादुर अहिरविरूद्ध सामूहिक बलात्कारको आरोपमा उजुरी परेको हो ।

पीडित महिलालाई आरोपितहरूले मङ्सिर २३ गते बलात्कार गरेको भनी मङ्सिर २४ गते उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए । उनले आरोपितहरू फरार रहेकोले अनुसन्धान र खोजी कार्य भइरहेको बताए ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ

राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे

‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: