१६ दिने अभियानकै बेला ५८ महिला हिंसामा


प्रकाशित मिति :2019-12-12 11:35:02

–महिला खबर–

ललितपुर । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका बेला नेपालमा यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् ।

इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्याङ्कसहितको अध्ययन प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरेको हो ।

जिल्ला प्रतिनिधिहरूबाट आएका समाचारका आधारमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान अवधिभर (२५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म) लिङ्गकै आधारमा भएका हिंसासम्बन्धी समाचारलाई विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकमा भएको अभिलेखका आधारमा यो अवधिमा बलात्कारका घटनामा नौ जना महिलासहित २७ जना पीडित भएको जनाइएको छ ।

त्यसैगरी यौन दुव्र्यवहारका घटनामा चार वर्षीया बालिकासहित १० जना र बलात्कार प्रयासका घटनामा ६ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा बेचबिखन प्रयासका घटनामा तीन जना बालिकासहित पाँच जना, बेचबिखन घटनामा तीन जना बालिका र कथित बोक्सीको आरोपमा दुई जना महिला पीडित भए भने परिवारकै सदस्यबाट तीन जना महिला र एक जना बालिकाको हत्या भएको उल्लेख छ ।

‘अभिलेखित सबै घटनाको अनुसन्धान प्रकृया जारी रहेको छ । १६ दिने अभियान चलिरहँदा अछाममा एक जना महिलाको छाउगोठमा मृत्यु भयो । छोराले आमालाई कुटपिट गरी घाइते बनाएको लगायतका घरेलु हिंसाका घटना इन्सेकको अभिलेखमा छ ।’–प्रतिवेदनमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

मकवानपुर । आफ्नी श्रीमतीको हत्या आरोपमा हेटौंडा उपमहानगरपालिका–१८ दियावतीका यज्ञराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ

राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे

‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: