एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय


प्रकाशित मिति :2019-12-11 12:05:38

–महिला खबर–

इटहरी । लैङ्गिक हिंसा विरुद्धको ‘इटहरी सम्मेलन’ ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । इटहरी उपमहानगरको आयोजनामा तीन सयको सहभागितामा भएको ‘इटहरी सम्मेलन’ले एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको छ ।

सल्मेलनले गएको वर्षभरि भएका कार्यक्रमको समिक्षा गर्दै एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको मेयर द्वारिकलाल चौधरीले बताए ।

इटहरी क्षेत्रमा समानुपातिक, समावेशी प्रतिनिधित्व र महिला नेतृत्व विकासका लागि विशेष योजना बनाउने, समान कामको समान ज्याला दिलाउन सहकार्य गर्ने, सार्वजनिक निकायका भवन संरचना अपांगमैत्री बनाउन पहल गर्ने, कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त्य गर्ने घोषणा पत्रमा जनाइएको छ ।

यसैगरी महिलासँग जोडिएका अन्य भेदभाव र अपमान जस्ता विभेद, बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सवै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने, नगरपालिकाले पुर्‍याउने सेवामा सिमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणा पत्रमा गरिएका प्रतिवद्धता अनुसारको कार्य भोलिदेखिनै सुरु गरिने इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले प्रतिवद्धता गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: