वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’


प्रकाशित मिति :2019-12-11 11:37:37

–महिला खबर–

ललितपुर । वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’ प्रदान गरिएको छ । भारतको मुम्बइस्थित सीएमओ एसियाले शर्मा लगायत आफ्नो पेसा र व्यवसायको माध्यमबाट देशका लागि योगदान दिएका १४ जना अगुवा महिलाहरुलाई यो अवार्ड प्रदान गरेको हो ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन मंगलबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्मासहितका अगुवा महिलाहरुलाई अवार्ड प्रदान गरिएको हो ।

नम्रता शर्मा

२०४६ सालदेखि पत्रकारिता शुरु गरेकी शर्माले पत्रकारितामार्फत महिलाको मानव अधिकार स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उनको कामको कदर गर्दै अवार्ड प्रदान गरेको सीएमओ एसियाले जनाएको छ ।

शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका सम्पादक तथा प्रकाशक हुन् । सीआइजेमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् ।

सोही कार्यक्रममा ‘नेपाली विमेन लिडर अवार्ड’ शोभा मानन्धर, माल्भिका सुब्बा, ज्योती शेरचन, डा. एली प्रधान, डा. अपर्णा शाह, व्यवसायी आयुषा कार्की, समाजसेवी स्नेहा श्रेष्ठ, बिनिता राई, मेघा चौधरी, भगबती चौधरी, बिन्दिया प्रधान, मौसमी श्रेष्ठ र डा. सबिना श्रेष्ठलाई पनि प्रदान गरियो ।

कार्यक्रमको सहजिकरण सीएमओ एसियाका डा. आलोक पण्डित र डा राजु भाटियाले गरेका थिए ।

Image may contain: 5 people, people standing

 

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: