सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे


प्रकाशित मिति :2019-12-10 16:12:04

–महिला खबर–

इटहरी । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक संजालका कारण लैंगिक हिंसाका घटना बढेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री घिमिरेले मादक पदार्थ हिंसाको अर्को कारण रहेको औल्याए । देशमै प्रदेश नम्वर १ मा सबैभन्दा बढी मदिरा सेवन गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री घिमिरेले हिंसा विरुद्धको अभियानलाई गाउँ बस्तीसम्म पूर्याएको भन्दै इटहरी उपमहानगरको प्रशंसा गरे ।

मन्त्री घिमिरेले लैंगिक हिंसा विरुद्धको अभियानमा पुरुष सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै संविधानसभाका सभासद रेवती रमण भण्डारीले महिला हिंसा विरुद्ध अन्य देशमा नभएका प्रावधान समेत नेपालको संविधानमा रहेको बताए । हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको उनले बताए ।

प्रदेश सांसद लिलम बस्नेतले इटहरी लैंगिक हिंसामुक्त क्षेत्र बन्ने गरि परिणामुखी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिए ।

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले लैंगिक हिंसा न्यूनिकरणका लागि उपमहानगरले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा लैंगिक हिंसाको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरिन् ।

सबै वडाका १९ सय २२ जनासँग सर्वेक्षण गरेर न्यायिक समिति, प्रहरी र अन्य श्रोतहरुलाई आधार मानेर प्रतिवेदन तयार गरिएको उपप्रमुख गौतमले बताइन् ।

लैंगिक हिंसा विरुद्धको इटहरी सम्मेलनमा इटहरीका सबै वडाका गरि तीनसय जना बढि सहभागी छन् । सम्मेलनले एक वर्षे कार्ययोजना पनि बनाउने मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

उदयपुर कटारी घर भई भक्तपुर सानोठिमी बस्ने दाहाल बा.२ ख ९३२४ नम्बरको बस चालक हुन्

बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ

–महिला खबर– ललितपुर । हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार

‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’

–महिला खबर– भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु

बलात्कारीलाई १२ वर्ष कैद सजाय

–महिला खबर– ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: