अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव


प्रकाशित मिति :2019-12-10 12:17:29

–महिला खबर–

ललितपुर । वियोण्ड वेईजिङ् कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले सञ्चार माध्यमले फोटो, चित्र, कार्टुन प्रयोग गर्दा सकारात्मक सन्देश दिने खालको प्रयोग गर्नुपर्ने बताएकी छन् । सञ्चार माध्यमले कुरीति, अन्धविश्वास र रूढिवादी सोचलाई प्रसय दिने खालका फोटो तथा कार्टुन प्रयोग गर्दा त्यसले समाजमा नकारात्मक उर्जा फैलाउने श्रेष्ठले बताइन् ।

राजधानीमा आयोजित ‘लैङ्गिक समानताप्रतिको जवाफदेहिता प्रवद्र्धन, दिगो विकास लक्ष्य’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले दिगो विकास लक्ष्य अनुसार लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालबालिकाहरूलाई सशक्त बनाउने सन्दर्र्भको वास्तविक कार्यान्वयनका लागि हिंसामूक्त समाज हुनैपर्नेमा जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त एवं प्रवक्ता यशोदा तिम्सिनाले भनिन्, “यो बेला भनेको गुनासो मात्र गरेर बस्ने समय होइन । हरेकले आ–आफ्नो क्षमता प्रदर्शन गरेको खण्डमा हिंसालगायत सबै खालका कुरीतिको अन्त्य गर्न सकिन्छ ।” तिम्सिनाले ७७ जिल्लामा सूचनाको हक सम्बन्धमा छलफल चलाउन पुगेको अनुभव बाँड्दै भनिन्, “हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर बस्नुभन्दा प्राप्त उपलब्धी, स्रोत साधनको परिचालन गरेर समाज परिवर्तनको बाटोमा हरेक व्यक्ति, जनप्रतिनिधीलगायत सबै एकजुट भए परिवर्तन देखिने गरि काम हुँदोरहेछ ।”

कार्यक्रममा अधिकारकर्मी कविता राईले सामाजिक सञ्जालमा हुने हिंसा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै गत आर्थिक वर्षमा पाँच हजार वटा उजुरी सो सम्बन्धी परेको तथ्य सार्वजनिक गरिन् ।

सामाजिक सञ्जालमा पनि महिला र बालबालिका नै बढि पीडित भएको र सामाजिक सञ्जाल प्रयोगकर्ता महिलाले सञ्जालको दुरूपयोग गर्ने विरूद्ध उजुरी गरे पीडकलाई कार्वाही हुने अनुभव सुनाइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

उदयपुर कटारी घर भई भक्तपुर सानोठिमी बस्ने दाहाल बा.२ ख ९३२४ नम्बरको बस चालक हुन्

बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ

–महिला खबर– ललितपुर । हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार

‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’

–महिला खबर– भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु

बलात्कारीलाई १२ वर्ष कैद सजाय

–महिला खबर– ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: