मनाइयो ‘मर्यादित महिनावारी’ दिवस


प्रकाशित मिति :2019-12-08 12:42:57

–महिला खबर–

ललितपुर । विश्वमै पहिलो पटक आज ‘मर्यादित महिनावारी’ दिवस मनाइएको छ । महिनावारीसँग सम्बन्धित स्वास्थ्य, सरसफाइका साथै मर्यादित महिनावारीका विषयमा काम गर्दै आइरहेको राधा पौडेल फाउन्डेसनको पहलमा आज बिहान काठमाडौंका माईतीघर मण्डलामा यो दिवस मनाइएको हो ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी’ मूल नाराका साथ ६ वटा प्रदेशका विभिन्न जिल्लामा पनि आज विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदै छ ।

दिवसको संयोजन गरिरहेको राधा पौडेल फाउन्डेसनका अनुसार नेपाल लगायत विभिन्न देशमासमेत डिसेम्बर ८ (आज) कै दिन ‘मर्यादित महिनावारी’ दिवस मनाइँदै छ ।

माईतीघर मण्डलामा आयोजित सभामा अभियन्ता तथा मदन पुरस्कार विजेता राधा पौडेल, अनुपा रेग्मी, शितल सुवेदीलगायतले कविता वाचन गरेका थिए ।

मण्डलामा जम्मा भएका सयौं अभियन्ताहरुले ‘मर्यादित महिनावारी’ लेखिएको ब्यानरसहित सुन्तला रङको ब्यानर पनि उडाइएको थियो । सुन्तला रङ हिंसा विरुद्धको विश्वव्यापी अभियान (अरेन्ज दि वल्र्ड) को संकेत हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

उदयपुर कटारी घर भई भक्तपुर सानोठिमी बस्ने दाहाल बा.२ ख ९३२४ नम्बरको बस चालक हुन्

बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ

–महिला खबर– ललितपुर । हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार

‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’

–महिला खबर– भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु

बलात्कारीलाई १२ वर्ष कैद सजाय

–महिला खबर– ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: