भारतः बलात्कारपछि हत्या गर्ने चारै जनालाई प्रहरीले गोली ठोक्यो


प्रकाशित मिति :2019-12-06 11:17:05

ललितपुर । दक्षिण भारतको हैदरावादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरु ‘प्रहरी इन्काउन्टर’ मा मारिएका छन् ।

बुधवार प्रहरी नियन्त्रणमा परेका उनीहरुलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार आज शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा ‘भिडन्त’ मा मृत्यु भएको बीबीसीमा उल्लेख छ ।

घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । महिला चिकित्सकलाई बलात्कारपछि जलाइएकै स्थानमा लगेर उनीहरुलाई गोली ठोकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफूहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

प्रहरी इन्काउन्टरमा मारिएका चार जना ।

२८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीया महिला चिकित्सकको शव बरामद गरिएको थियो । अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कारसमेत भएको पत्ता लागेको थियो ।

यो घटनामा सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो ।

संसद्मा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई दण्ड दिनुपर्ने टिप्पणी गरेकी थिइन् ।

दक्षिणी राज्य तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै ती चार जनालाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने माग राखेकी थिइन् ।

रक्षामन्त्री राजनाथ सिंहले उक्त घटना भारतका लागि लज्जास्पद भएको टिप्पणी गरेका थिए। उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको बताएका थिए ।

गत साता पीडित महिलाको परिवारले प्रहरीले समयमै कारबाही नगरेको आरोप लगाएपछि तीन प्रहरी अधिकारी निलम्बनमा परेका थिए ।

पीडित महिला सम्पर्कविहीन भएको उजुरी गर्न जाँदा प्रहरीहरूले उनी भागेको हुन सक्ने भन्दै टिप्पणी गरेको उनका नातेदारले राष्ट्रिय महिला आयोगलाई बताएका थिए ।

यसरी भएको थियो बलात्कार र हत्या

नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार छ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

पछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन् । उनले आफू कुनै टल प्लाजा – सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ – मा पर्खिरहेको बताएकी थिइन् ।

त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो ।

बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि एक दूध व्यापारीले भेटेका थिए ।

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएको छ। तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत देखा परेका छैनन् ।

अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभर प्रहरीले ३३,६५८ बलात्कारको घटना – अर्थात् प्रतिदिन ९२ – रेकर्ड गरिएको उल्लेख छ ।

एक २३ वर्षीया ‘बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनी बाँच्नका लागि उत्तरी भारतस्थित एउटा अस्पतालमा सङ्घर्ष गरिरहेकी छन् ।

उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदैथिइन् ।

आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: