पापी हजुरबा ! नातिनी बलात्कार गरि गर्भवती बनाए


प्रकाशित मिति :2019-12-04 11:51:31

–महिला खबर–

ओखलढुंगा । ओखलढुंगामा हजुरबुवाबाट नातिनी बलात्कृत भएकी छिन् । १५ वर्षीया सुस्त मनस्थितीकी बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षीय व्यक्तिले बलात्कार गरेका हुन् ।

बलात्कार आरोपमा बुधबार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी नीरिक्षक मिलन बस्नेतले बताए । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरमा कोही नभएको मौकामा बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ति करणी गरेको जाहेरीमा उल्लेख छ ।

बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती रहेको खुलेसंगै घटना बाहिर आएको हो । बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ ।

बालिका सुस्त मनस्थिती र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसूति गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले महिला खबरलाई बताईन् । बालिका जिल्लास्थित एक सुरक्षित आवास गृहको आश्रयमा छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: