सञ्चार संस्थामा लैङ्गिक नीति बनाउन सञ्चारिकाले थाल्यो बहस


प्रकाशित मिति :2019-12-03 13:57:09

–महिला खबर–

रुपन्देही । सञ्चार संस्थामा काम गर्ने वातावरण सहज बनाउन लैङ्गिक मैत्री नीति आवश्यक रहेकोमा जोड दिइएको छ ।

सञ्चारिका समूह लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको सञ्चार संस्थामा लैङ्गिकमैत्री नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न सञ्चार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समाज रुपान्तरणको अभियानमा लागेका सञ्चार संस्थामै लैङ्गिक नीति नहुँदा समुदायमा राम्रो सन्देश नजाने भएका कारण लैङ्गिक नीति आवश्यक रहेको बताए । महिला, पुरुष वा यौनिक अल्पसंख्यक भएका कारण हुने हिंसा नियन्त्रण गर्न र सबै लिङ्गिले अपनत्व महसुस गर्न लैङ्गिक नीति जरुरी रहेको उनिहरुको भनाइ छ ।

कार्यक्रममा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नीति बनाउने भन्दा कार्यान्वयनको पाटो जटिल रहेकाले सञ्चार संस्थाको क्षमता बढाएर लैङ्गिक नीति कार्यान्वयन गर्नुपर्ने बताए । “हामिकहाँ सञ्चार माध्यमको क्षमता कमजोर छ, सञ्चार माध्यमको व्यवस्थापन बलीयो बनाय मात्रै लैङ्गिक नीति कार्यान्वन हुन सक्छ” उनले भने । मन्त्री केसीले प्रदेशमा सञ्चार प्रतिष्ठान बनाएर सञ्चार सम्बन्धि सम्पुर्ण नीति निर्धारण गर्ने जानकारी गराए ।

उनले नेपालको संबिधानले नै समानुपातिक समावेशी र सहभागिताको सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणका लागि वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक विभेद अन्त्य गरी समाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य लिएको बताए । मन्त्री केसीले सञ्चार क्षेत्रमा संख्यात्मक भन्दा गुणत्मक परिवर्तन अपरिहार्य रहेको धारणा राखे ।

पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष शेर बहादुर केसीले लैङ्गिकताको सवालमा सञ्चार संस्थाहरु नै संवेदनशील हुनुपर्ने बताए । उनले सञ्चारसंग सम्बन्धित नीति कार्यान्वयन गर्न सञ्चार संस्थाका सञ्चालकहरु प्र्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।

कार्यपत्र प्रस्तुत गर्दै सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार अमृता अनमोलले सञ्चारसंस्थामा सहज वातावरण बनाउन, सञ्चारकर्मि महिलालाई टिकाउन र प्रजनन तथा मातृत्वको अवस्था सम्बोधन गर्न लैङ्गिक मैत्री नीति जरुरी रहेको बताइन् ।

कार्यक्रममा सञ्चारिका समूहका सल्लाहकारहरु माया गौतम र रेखा भुसालले सञ्चारसंस्थामा लैङ्गिक नीति नहुदा पत्रकार महिलालाई बढी समस्या हुने गरेकाले सबै संस्थाले लैङ्गिक मैत्री नीति बनाउनुपर्नेमा जोड दिए ।

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले रुपन्देहीमा एउटा मात्रै सञ्चारसंस्थाले लैङ्गिक नीति बनाएर कार्यान्वयन गरेको जानकारी गराउदै सञ्चारकर्मीहरुलाई काम गर्ने वातावरण सहज बनाउन सबै सञ्चार संस्थाले लैङ्गिक नीति बनाएर अनिबार्य कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।

अधिबक्ता महेन्द्र पाडे, बुद्ध सामुदायिक टेलिभिजनका प्रबन्धक विष्णु भुसाल, ग्लोबल आवाज अनलाईनका सञ्चालक गौतम भुसाल, रेडियो मुक्तिका कोषधयक्ष इन्दिरा आचार्य, पत्रकारहरु रिमा बिसी, अस्मिना पाण्डे लगायतले सञ्चारसंस्थामा महिलाको पहुँच बढाउन र विभेद हटाउन लैङ्गिक मैत्री नीति अनिबार्य भएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: