‘महिला भएर नेता जस्तो नबन’


कस्ता छन् युवा महिला मानव अधिकार रक्षकका चुनौती ?

प्रकाशित मिति :2019-12-01 12:34:29

–महिला खबर–

ललितपुर । देशभरका युवा महिला मानव अधिकार रक्षकहरुले आफूले भोग्नु परेका समस्या र चुनौतीका बारे सामूहिक छलफल गरेका छन् ।

महिला मानव अधिकार रक्षकहरूको अन्तराष्ट्रिय दिवस २९ नोभेम्बरका दिन, २२ जिल्लाका ८० भन्दा बढी युवा महिला मानव अधिकार रक्षकहरू काठमाडौंमा भेला भई महिलाको मानव अधिकारको संरक्षण र प्रवद्र्धनकालागि समुदाय स्तरमा रहेर काम गर्दा झेल्नुपरेका समस्या बारे छलफल गरेका हुन् ।

कार्यक्रममा युवा महिला मानव अधिकार रक्षकहरूले गरिरहेका कार्यहरूको समिक्षा, भोग्नुपरेको चुनौतिहरूका बारेमा छलफल गरि युवा महिला मानव अधिकार रक्षकहरूको कामको पहिचान, सम्मान र सुरक्षाको ग्यारेण्टी गर्न ७ बुंदे घोषणापत्र जारी गरिएको संजिता तिम्सिनाले जानकारी दिइन् ।

परामर्शमा युवा रक्षकहरूले आफूहरू समुदायमा रहेर मानव अधिकार हनन्का घटनाहरूको अभिलेखिकरण, प्रभावितको न्यायका लागि संगठित भएर आवाज उठाईरहेको हानिकारक परम्परागत अभ्यास, लैगिंक विभेदका विरुद्धमा सचेतनामूलक कार्यहरू गरिएको बताएका थिए ।

उनीहरूले परिवारका सदस्यले महिला भएर नेता जस्तो नबन भन्ने, चारित्रिक रुपमा आरोप लगाउने, जोखिमपूर्ण समूहः महिला लागुपदार्थ सेवनकर्ता र एचआईभी सक्रमित, यौनकर्मी महिलाहरूसँग काम गरेकै कारण विभिन्न लाल्छनाहरू लगाउने, सरकारले प्रदान गरेको सेवाहरू उपभोग गर्नबाट बञ्चित हुनुपर्ने, पीडकहरूले विभिन्न धम्की दिने, अपागंता भएका व्यक्तिको अधिकारका लागि काम गर्ने रक्षकहरूका लागि अपागंतामैत्री संरचनाहरू नहुँदा आधारभूत सेवाहरू समेत प्राप्त गर्नबाट बञ्चित हुने, युवा महिलाको क्षमतामा सबैले प्रश्न गर्ने लगायतका चुनौतिहरू भोगिरहेको बताएका थिए ।

Image may contain: 8 people

Image may contain: 1 person

Image may contain: 5 people, people sitting, indoor and close-up

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: