तपाईं पनि एक दिन वृद्ध हुनुहुनेछ !


प्रचण्ड र ओलीको गाउँमा जेष्ठ नागरिकको प्रदर्शन

प्रकाशित मिति :2019-12-01 11:55:44

–महिला खबर–

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

कास्की क्षेत्र नम्बर २ को चुनावीसभामा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको उमेरमाथि सवाल उठाउँदै ‘देवघाट जाने बेलामा चुनाव लड्ने’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डविरुद्ध जेष्ठ नागरिकले प्रदर्शन थालेका हुन् ।

शुक्रबार प्रचण्डकै गृहजिल्ला चितवनमा पनि उनीविरुद्ध प्रदर्शन भएको छ । जेष्ठ नागरिक समाजले गरेको प्रदर्शनमा उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

‘बोल्न नजाने बोल्न सिक्नु हामी बृद्धको आशिर्वाद छ, बृद्धबृद्धाको अपमान किन ?’ लगायतका नारा लेखेएका प्लेकार्ड र व्यानरसहित जेष्ठ नागरिकले प्रदर्शन गरेका हुन् ।

‘प्रचण्डको अभिव्यक्ति खेदजनक छ, जेष्ठ नागरिकको मत नपाइ उहाँले जित्नु भएको हो र !,’ भरतपुर नगरपालिका–७ का प्रकाशमणी दाहालले भने, ‘जेष्ठ नागरिकको अपमान गर्ने हक कसैलाई छैन, उहाँले माफी माग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीको गृह जिल्लामा प्रदर्शन

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि प्रचण्डको अभिव्यक्तिविरुद्ध प्रदर्शन भएको छ ।

जेष्ठ समूहले काँकरभिट्टामा आयोजना गरेको प्रदर्शनका सहभागीले ‘तपाई पनि एकदिन बृद्ध हुनुहुनेछ, एकदिन सबै बृद्ध हुन्छन्, बृद्धको नगर अपमान’ आदि लेखिएका पोस्टर बोकेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: