२५ वर्षे समिक्षा गर्न मन्त्रीस्तरीय सम्मेलन सुरु


प्रकाशित मिति :2019-11-28 11:17:40

-महिला खबर-

थाईल्याण्ड । महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपालमा महिला सहभागिता राजनीति भन्दा धेरै माथि रहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी व्याङ्ककमा आयोजित बेइजिङ कार्ययोजनाको २५ वर्षको अवधीमा एशिया प्रशान्त क्षेत्रको समिक्षात्मक कार्यक्रम अन्र्तगत बुधबारदेखि सुरु भएको मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानीय तहदेखि प्रदेश, संघीय संसद र सामुदायिक बनदेखि सहकारीमा महिला सहभागिता राजनीति भन्दा धेरै माथि रहेको बताएका हुन् । नेपालको संविधानमा महिलाको अधिकारलाई मौलिक हक रुपमा समावेश गरिएको, महिलाको प्रजनन् अधिकार र सुरक्षित मातृत्वमा महत्वपूर्ण कानुन बनाएको उनले बताए ।

महिला अधिकार र सहभागिताको क्षेत्रमा नेपाललले थुप्रै उपलब्धी हासिल गरे पनि समाजमा व्याप्त पितृसत्तात्मक सोच, हानिकारक अभ्यासहरु चुनौतिका रुपमा रहेको उनले औंल्याए । मन्त्रीको सहभागिता तय गरिएको यो सम्मेलनमा नेपालमा हालै मन्त्रिपरिषद पुनर्गठन भएकाले सम्मेलनमा सचिवको नेतृत्वमा ३ सदस्यीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै संयुक्त राष्ट्रसंघका उपमहासचिव अर्मिदा अलिसभानले सबै क्षेत्रमा महिलाको पूर्ण सहभागिताका लागि उनीहरुको क्षमता बढाउने र अवसर तथा स्रोतमा पहुँच र छनोटको सुनिश्चित गरिनुपर्ने बताइन् ।

संयुक्त राष्ट्रसंघका सहायक महासचिव अनिता भाटियाले लैंगिक समानता र सशक्तिकरणका लागि ठूलोमात्रामा आर्थिक लगानी बढाउनु अत्यन्तै आवश्यकता रहेको औंल्याउँदै यसका लागि बलियो राजनितीक प्रतिवद्धता हुनुपर्नेमा जोड दिइन् ।

संयुक्त राष्ट्रसंघ महिला हिंसा सम्बन्धि बिशेष समाधिक्षक दुब्राभ्का सिमोनोभिचले विश्वब्यापी रुपमै महिला अधिकार प्राप्तिमा निकै प्रगति भए पनि महिलामाथिको हिंसाको व्यापकता र निरन्तरता चुनौतिका रुपमा रहेको बताइन् ।

सम्मेलनको दोस्रो सत्रमा बोल्दै संयुक्त राष्ट्रसंघका एशिया प्रशान्त क्षेत्रका राष्ट्रका मन्त्री र सरकारका प्रतिनिधिले आफ्ना देशले बेइजिङ कार्ययोजनाको २५ वर्षमा गरेका उपलब्धि र चुनौति प्रस्तुत गरेका थिए ।

सहभागी राष्ट्रका प्रतिनिधिले यो अवधिमा यो क्षेत्रमा प्राथमिक शिक्षामा लैंगिक अन्तर कम गर्न र मात्रृ मुत्युदर घटाउन सफल भएको बताएका थिए । तर महिलाका परम्परागत भूमिकाले निरन्तरता पाउनु, सामाजिक मान्यता कायम रहनु र महिलाको अवस्था सुधारका लागि लगानी कम हुनु प्रमुख चुनौति रहेकोले आगामी दिनमा यसमा काम गर्नुपर्ने उनीहरुको ठहर थियो ।

संयुक्त राष्ट्रसंघ अन्तरगत एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोग ९भ्क्ऋब्ए० र यू एन वीमेनका अनुसार एशिया प्रशान्त क्षेत्रका देशका सरकारले आउँदा वर्षमा महिला र बालिकाको अवस्था सुधारका लागि गनुपर्ने ३ वटा क्षेत्र पहिचान गरेका छन् ।

महिला तथा बालिकामाथिको हिंसा अन्त्य, राजनीतिमा महिला सहभागिता बृद्धि र महिलाको आर्थिक शसक्तिकरणलाई आगामी दिनमा काम गर्ने क्षेत्रका रुपमा उनीहरुले पहिचान गरेका हुन् । यी क्षेत्रमा काम गर्न आवश्यक कानुन भए पनि प्रभावकारी कार्यान्वयनको अभावमा उपलब्धि हासिल गर्न नसकिएको यू एन ओमनले जनाएको छ ।

३ दिनसम्म चल्ने यो सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ३५ वटा देशका ५०० सरकारी र नागरिक समाजका प्रतिनिधि सहभागी छन् । उनीहरुले आफ्ना देशमा महिला अधिकार र सहभागितामा प्राप्त गरेको उपलब्धि र सफलतालाई एकअर्कामा साट्दै सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्यले तय गरेका लक्ष्य हासिल गर्न गर्नुपर्ने काम, चुनौति र हुनसक्ने बाधाको आंकलन गरेर रणनीति तय गर्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: