कुरीति विरुद्ध “कठै ! तिन मास्टर” प्रस्तुत


प्रकाशित मिति :2019-11-27 21:20:28

-महिला खबर-

ललितपुर । छाउ प्रथा विरुद्ध सन्देश दिने उद्देश्यले निर्माण गरिएको नाटक “कठै ! तिन मास्टर” आज राजधानीमा प्रदर्शन गरिएको छ ।

विजयराज आचार्यको कथामा आधारित तथा पुष्पराज अवस्थीद्वारा निर्देशित उक्त नाटक राष्ट्रिय बाल नाटक महोत्सव २०७६ का अवसरमा कुञ्ज थीएटर, बानेश्वर काठमाडौंमा भब्यताका साथ मञ्चन भएको हो ।

कैलालीको अत्तरियास्थित एभरेष्ट एकेडमीको प्रस्तुति रहेको नाटक नेपाली समाजमा जरा गाडेर बसेको छाउ प्रथाले मान्छेको जीवनमा पारेको असरसँग सम्बन्धित रहेको एभरेष्ट एकेडमीका प्रिन्सिपल स्माइल चौधरीले बताए ।

चौधरीका अनुसार खास गरेर सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट बसाइ सरेर तराईंका जिल्लामा आइसकेपछि पनि धर्म र संस्कारका नाममा महिनावारी हुँदा कसरी महिलाहरुलाई प्रताडित गरिन्छ भन्ने बारेमा नाटक केन्द्रित छ ।

“कठै ! तिन मास्टर” राष्ट्रिय स्तरमै अभिनय गरेको बालबालिकाहरुको यो पहिलो अनुभव हो । नाटकमा आस्था भट्ट आशिका पन्डित, सन्तु भट्टराई, नेहा सिंह, प्रान्जल गुरागाँई, करन थापा, हेमन्त भट्ट र सुदिप जोशीले कलाकारका रुपमा अभिनय गरेका थिए । बालबालिकाको अभिनयले दर्शकहरु भावबिव्हल भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: