अञ्जुको हुटहुटी सार्वजनिक


प्रकाशित मिति :2019-11-26 13:23:34

–महिला खबर–

ललितपुर । अञ्जु पण्डित ‘अनु’ ले पहिलो कविता संग्रह ‘हुटहुटी’बजारमा ल्याएकी छन् । पूर्वप्रदेश प्रमुख एवम् माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नारी अभियन्ता तथा स्रष्टा राधा पौडेल, प्रभा भट्टराई, प्रा.अम्मराज जोशी, प्रा. धनप्रसाद पण्डित लगायतले कृतिको लोकार्पण गरेका छन् ।

कोइरालाले ‘जेण्डर कि डेण्जर’ शिर्षक कविताको चर्चा गर्दै पण्डितको कवितामा लैगिंकता सवाललाई प्राथमिकता दिएको बताइन् । स्रष्टा पौडेल, भट्टराई र जोशीले पुस्तकमा सामाजिक विकृतिमाथिको व्यग्यं पाइने बताए ।

कवि पण्डितले नारी, युवा, समाजको कुरीति, बेतिथी र आक्रोशको भावना पोख्ने आधारका रुपमा हुटहुटी ल्याएको बताइन् । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङको गाउ“मा जन्मेकी अनुले अनेक कुरीति, कुसंस्कार र परिस्थितीसंग जुधिन् । वातावरण विज्ञान पढेकी उनी विदेशी गैरसरकारी संस्थामा आवद्ध भएपनि सामाजिक सचेतनाका लागि आफ्ना भोगाइहरु उतार्ने माध्यम कवितालाई बनाएको बताइन् । ‘म सामाजिक अभियन्ता भन्न रुचाउछु, कविता मेराका लागि माध्यम हो ।’

संग्रहमा नेपालीमा लेखिएका ३८ र अंग्रेजीमा लेखिएका ५ गरी ४३ कविता छन् । पुस्तक विक्रिबाट प्राप्त रकम ‘अंशुमाला अक्षयकोश’ मा जम्मा गर्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: