हिंसापीडितका लागि सात करोडको आश्रयस्थल


प्रकाशित मिति :2019-11-25 16:21:44

-महिला खबर-

ललितपुर । काठमाडौँको उत्तरी भेग मुलपानीमा हिंसामा परेका महिलाहरूका लागि आश्रयस्थल बनेको छ । करिब डेढ रोपनी क्षेत्रफलमा सात करोड रुपैयाँको लागतमा आश्रयस्थल निर्माण गरिएको हो ।

लैंगिक हिंसामा परेका महिलालाई आवास, मेडिकल र मनोसामाजिक एवं कानूनी परामर्श उपलब्ध गराउने लक्ष्य राखेर एपेरियन नामक गैर सरकारी संस्थाले आश्रयस्थल निर्माण गरेको हो । उक्त स्थलमा तीन वटा भवन निर्माण गरिएका छन् ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पारेर आजदेखि सञ्चालनमा ल्याएको उक्त भवन डेढ वर्षको समयावधीमा निर्माण सम्पन्न गरिएको हो । जसमा व्यवसायिक तालिम कक्ष, स्वास्थ्य परीक्षण कक्ष, परामर्श कक्ष, आवाश कक्ष गरी गरी ३० कक्ष छन् ।

२० जना महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमता रहेको आश्रयस्थलमा स्थानीय तह, महिला हिंसा विरुद्ध क्रियाशील संस्था तथा प्रहरीको सिफारिसमा पीडित महिलालाई आश्रय दिइने व्यवस्था गरिएको छ ।

पीडित पक्षलाई सम्बन्धित घर परिवारमा मेलमिलाप, व्यवसायिक तालिम, रोजगारीको प्रबन्ध गरी उनहरुलाई आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने उद्देश्य समेत राखिएको छ । हिंसामा परेका महिलालाई सामाजिक रुपान्तरण गर्न हाउस किपिङ, खाना पकाउने, व्युटीसियन, सुरक्षा गार्ड, बालबालिका हरचाह, मन्टेश्वरी तालीम समेत सञ्चालन गरिने जनाइएको छ ।

भवनको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले महिलामाथि आर्थिक पहुँच नभएका कारणले अधिकांश महिला घरेलु हिंसाको सिकार हुने गरेको बताइन् ।

एपेरियनका प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले उक्त आश्रय स्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रका पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको जानकारी दिइन्।

उनले अछाम, बझाङ, बाजुरा, बैतडी, ओखलढुंगा, सिन्धुली र उदयपुरमा पनि यस किसिमको स्थल सञ्चालन गरिएको जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: