जयललिताको चरित्रमाथि कंगनाको न्याय


प्रकाशित मिति :2019-11-25 12:45:16

भारतको तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक “थलाइवी” को फस्ट लुक र टिजर सार्वजनिक गरिएको छ। फिल्ममा प्रमुख भूमिकामा रहेकी कंगना रनौतलाई अनुहार र हाउभाउमा दुरुस्तै जयललिताका रुपमा प्रस्तुत गरिएको छ।

चुनौतीपूर्ण चरित्रमा जीवन्त अभिनयबाट आफूलाई साबित गर्दै आएकी कंगनाको यो पछिल्लो फिल्मप्रति पनि दर्शक र समीक्षकको अपेक्षा धेरै रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

जयललिताको चरित्रलाई न्याय गर्न कंगनाले तमिल भाषा, भरतनाट्यम सिक्नेदेखि उठ्ने-बस्ने हरेक तौरतरिकाबारे अभ्यास गरेको बताइएको छ।

फिल्मको घोषणा हुने वेलामै कंगनाले आफ्नो कहानी जयललितासँग मिल्दोजुल्दो रहेकी बताएकी थिइन्।

जयललिता राजनीतिमा लाग्नुअघि कलाकारितामा लागेर ख्यातिप्राप्त अभिनेत्री बनेकी थिइन्। आफूले पनि जिन्दगीमा सबै कुरा संघर्षले पाएको बताउँदै कंगनाले भनेकी थिइन्, “मेरो कथा जयललितासँग धेरै हदसम्म मिल्छ, तर सफलताको मामिलामा उनको कथा मेरो भन्दा ठूलो छ।”

ए एल विजयले निर्देशन गरेको “थलाइवी” हिन्दी, तमिल, तेलुगु गरी तीन भाषामा प्रदर्शन गर्ने जनाइएको छ। फिल्म २६ जून २०२० मा रिलिज हुनेछ। एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: