बलात्कार आरोप लागेका राई पुर्पक्षका लागि थुनामा


प्रकाशित मिति :2019-11-25 11:01:03

–महिला खबर–

ललितपुर । बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बलात्कारको आरोप लागेका राईलाई सात देखि १० वर्षसम्म कैद सजाय गर्नुपर्ने माग सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ ।

सो मुद्दामा राईको बयान र थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडांैका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाएको हो ।

राईले कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो । काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको थियो । पीडितले उजुरी गरेपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

अखिलका केन्द्रीय सदस्य बलात्कार आरोपमा पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: