-सर्मिला बुढाथोकी/महिला खबर-
दोलखा । दोलखामा चालु आर्थिक वर्षमा बाल विवाह शून्य भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को कार्तिक महिनासम्म बालविवाह सम्बन्धि कुनै उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखामा आर्थिक वर्ष ०७५/०७६ मा बालविवाह सम्बन्धि तीन वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष ०७४/०७५ मा बालविवाह सम्बन्धि सात वटा मुद्दा दर्ता भएका थिए ।
बालविवाह सम्बन्धि कानूनी व्यवस्थाको कडाईका साथ पालना, चेतनाको विकास र प्रहरी सक्रियताका कारण दोलखा जिल्लामा बालविवाहको संख्या घट्दै गएको प्रहरी नायव उपरीक्षक राईको बुझाइ छ । प्रहरीले बालविवाह अन्त्यको लागि ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत निरन्तर अनुगमन र चेतनामूलक अभियान सञ्चालन गर्दै आएको राईले बताए ।
जिल्ला समन्वय समितिको तेस्रो जिल्ला परिषद बैठकले दोलखालाई आर्थिक वर्ष ०७७/०७८ भित्र बालविवाह मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएको र सोहि अनुसार चेतनामूलक विशेष अभियार्नहरू समेत सञ्चालन गर्दै आएकोले पनि दोलखामा बालविवाह गर्नेको संख्यामा कमि आएको बताउछन्, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे ।
मुलुक संघियतामा गएपछि स्थानीय पालिर्काहरूले बालविवाह विरुद्ध कानूनी एवं चेतनामूलक अभियान सञ्चालन गरेको र विद्यालय तथा अभिभावर्कहरूलाई बालविवाहबाट हुने बेफाईदा र कानूनी पक्षको बारेमा निरन्तर जानकारी गराउदै आएकोले पनि दोलखामा बालविवाहको संख्या घटेको पाण्डे बताउछन् ।
प्रदेश तीन सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वयम्सेवक सहजकर्ता राजन बस्नेत जिल्लामा बालविवाह अन्त्यको लागि जिल्ला प्रहरी कार्यालयसहितको सरकारी निकाय, गैर सरकारी निकाय, सञ्चारकर्मी र अधिकारकर्र्मीहरूले निरन्तर चेतनामूलक अभियान सञ्चालन गर्दै आएको र दोलखाको ग्रामीण क्षेत्रमा शैक्षिक एवं चेतनाको स्तरमा बृद्धि भएकोले बालविवाह कम हुँदै गएको बताउछन् ।
सरकारले २० वर्ष पुरा नभै केटा या केटी कसैले पनि विवाह गर्न नहुने कानूनी व्यवस्था गरेको छ । २० वर्ष नपुगी विवाह गरेको अवस्थामा बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ (३) (ख) मा बालविवाह तय गर्ने, बालविवाह गराउने र बालविवाह गर्नेलाई ७५ हजारसम्म जरीवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।
बालविवाहको कारण विशेषगरी महिलाको बृत्ति विकास र बालविवाह पछि जन्मने बच्चालाई समेत असर गर्ने स्वास्थ्यकर्र्मीहरूको भनाइ छ ।
तस्विरः विद्यालयमा सञ्चालन भएको बालविवाह सम्बन्धि चेतनामूलक अभियानमा सहभागि विद्यार्थीहरू ।
Comment Here!