विश्वमा पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइने


प्रकाशित मिति :2019-11-22 10:52:54

–महिला खबर–

ललितपुर । नेपालमा पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइने भएको छ । राधा पौडेल फाउन्डेसनको पहलमा विश्वमै पहिलो पटक यो दिवस मनाइन थालेको हो ।

महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र लाञ्छनाहरुको बारेमा अझै धेरै बोल्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन लागिएको फाउण्डेसनका निर्देशक तथा अभियन्ता राधा पौडेलले बताइन् ।

अभियन्ता राधा पौडेल

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत डिसेम्बर ८ मा विश्वभर यो दिवस मनाउन लागिएको पौडेलले बताइन् ।

दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी’ राखिएको छ ।

सन् २०१४ देखि हरेक वर्षको २८ मेमा नेपाल सरकारसँगको सहकार्यमा ‘महिनावारी सरसफाइ’ दिवस मनाइन्छ । २८ मे महिनावारीलाई स्वास्थ्य र सरसफाइको दृष्टिकोणबाट मनाउँदै आएको छ ।

पहिलो पटक मनाउन लागिएको यो दिवसका अवसरमा नेपालका विभिन्न जिल्लाका साथै विश्वका विभिन्न देशले पनि ‘मर्यादित महिनावारी’ दिवस मनाउने फाउन्डेसनले जनाएको छ ।

अभियन्ता पौडेलले महिनावारी सृष्टिको सुरुआतदेखि नै अस्तीत्वमा रहेको, यसकै कारण यहाँसम्म पुगेको र जति अगाडि जान्छ, महिनावारीकै कारण जाने भएका कारण यो विषय मानवअधिकारको साझा सवाल भएको बताइन् । तर महिनावारीका बारेमा कहिल्यै खुलेर कुरा नगरिएका कारण महिनावारीको पहिचान स्थापित गर्ने र यसैबारे जानकारी दिन दिवस मनाउन परेको पौडेलको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: