विवाहको बहानामा युवती बेच्न खोज्नेलाई सांसदको साथ


प्रकाशित मिति :2019-11-21 15:29:57

कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट बेचबिखनका लागि युवतीलाई भारत लैजाने नेकपाका वडा कमिटि अध्यक्ष फरार गरिएको छ। बझाङको वित्थडचिर गाउँपालिका १ का नेकपाका वडा कमिटि अध्यक्ष रमेश बोहोरा फरार भएका हुन्। बोहोरालाई नेकपाकै नेताको संरक्षणमा फरार गरिएको आरोप लागेको हो।

विवाह गर्ने प्रलोभन देखाएर मंसिर ३ गते भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट माईती नेपालले बैतडीको सिगास गाउँपालिकाकी बिन्दु (नाम परिवर्तन) लाई उद्दार गरेको थियो। तर युवतीसँगै रहेका बोहोरालाई भने नेकपाका नेताकै संरक्षणमा फरार गरिएको आरोप लागेको छ।

स्रोतका अनुसार बोहोरालाई संरक्षण गर्न नेकपा बझाङका स्थानीय स्तरका जनप्रतिनिधि र प्रदेशसभा सदस्य लागि परेका छन्। ‘बोहोरालाई नेकपाका सांसदले संरक्षण गरी राखेका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन्,’पीडित युवतीका दाजु नाता पर्ने एकजनाले दिनेश खबरसंग भने, ‘अपराधीलाई जोगाउन बझाङबाट निर्वाचित भई प्रदेश सरकारको उच्च पदमा  आसिन सांसद नै लागि परेका छन्, यो कस्तो बिडम्बना।’

माईती नेपालले पनि नेताकै दबाबका कारण बोहोरालाई छोडेको आरोप लागेको छ। तर माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले भने युवतीलाई सोधपुछ गर्ने क्रममा उनी भागेको बताए।

अहिले बोहोरा बिरुद्ध प्रहरीमा मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गर्ने तयारी भईरहेको पनि चौधरीले बताए। युवतीलाई भने अहिले माईती नेपालको संरक्षणमा राखिएको छ ।      दिनेशखबर

    Comment Here!

Related NEWS
मुख्य खबर

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

सामाजिक संजालले लैंगिक हिंसा बढायोः मन्त्री घिमिरे

हिंसा विरुद्ध कानूनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि बढेको ।

अन्धविश्वास फैलाउने फोटो, चित्र, कार्टुन प्रयोग नगर्न सुझाव

–महिला खबर– हामीमा गुनासो गर्ने परिपाटी अलि धेरै रहेछ । सधैं यो भएन, त्यो भएन भनेर

३४ वर्षकी साना बनिन् प्रधानमन्त्री

ललितपुर । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: