यसरी मनाईयो पुरुष दिवस


प्रकाशित मिति :2019-11-20 13:38:10

-महिला खबर-

ललितपुर । राजधानीमा पुरुष दिवस मनाइएको छ । पित्तृसत्ताले पुरुषलाई पारेको असर र लैंगिक हिंसा अन्त्यका लागि पुरुषको संलग्नता विषयमा कार्यरत संस्था हामी दाजुभाइको अगुवाईमा “महिला हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता” (My Solidarity to end Violence against Women) भन्ने नाराका साथ अन्तर्राष्ट्रिय पुरुष दिवस २०१९ मनाइएको हो ।

सार्वजनिक यातायात, कार्यालयदेखि हरेक स्थानमा महिलामाथि हुने गरेका हिंसा विरुद्ध आवाज उठाउन र सरकारले २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्ष घोषणा गरेको अवस्थामा संस्थाले पुरुष दिवस मनाएको हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरीले बताए ।

अन्तर्राष्ट्रिय पुरुष दिवसको प्रभातफेरी समापन कार्यक्रममा बोल्दै प्रोफेसर डा. संजीव उप्रेतीले विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको भ्रम चिर्न आवश्यक भएको बताए ।

Image may contain: 5 people, people smiling, outdoor

साथै महिलामाथि हुने हिंसाको अन्त्यका लागि पुरुषको संलग्नता आवश्यक भएको जिकिर पनि उप्रेतीले गरे ।

नेपाल टेलिभिजनका बोर्ड सदस्य तथा वरिष्ठ सञ्चारकर्मी टंक पन्तले नेपालमा महिलामाथि हुने हिंसाका विरुद्ध मेन ईन्गेज एलायन्सको माध्यमबाट काम गरिरहेको स्मरण गराउँदै ललितपुरका विभिन्न कलेजहरुमा लैंगिक हिंसा विरुद्ध स्थापना गरिएको वीमेन क्लब (#weMEN Club) को अग्रसरतामा आयोजित कार्यक्रमको प्रशंसा गर्दै आजका युवाबाटै परिवर्तन सुरु गरिनु पर्ने बताए ।

हामी दाजुभाइको अगुवाईमा गत वर्षदेखि नेपालमा पनि मनाउन थालिएको अन्तर्राष्ट्रिय पुरुष दिवसको सन्दर्भमा यस वर्ष सबै प्रदेशमा विविध कार्यक्रमहरु आयोजना गरिएको हामी दाजुभाइका अध्यक्ष ठकुरीले बताए ।

कहिलेदेखि मनाउन थालियो पुरुष दिवस ?

सन् १९६० को दशकबाट सुरु भएको पुरुष दिवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मा मिसौरी– कन्सास विश्वविद्यालय अन्तर्गतको मिसौरी पुरुष अध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्वमा फ्रेब्रुअरी २३ मा पुरुष दिवस भव्यताका साथ मनाउन सुरु गरिएको थियो । तर त्यसपछाडि यो दिवस मनाउन छाडिएकोमा सन् १९९९ मा ट्रिनिडाड एण्ड टोबागो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तेलकसिं (Jerome Teelucksingh) ले १९ नोभेम्बरलाई अन्तराष्ट्रिय पुरुष दिवसको रुपमा मनाउन सुरु गरे र यसलाई विश्वव्यापी पनि बनाए ।

Image may contain: 4 people, people smiling, people standing, crowd and outdoor

दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने यसैवर्षदेखि मनाउन थालिएको छ । विश्वमा चिन, अमेरिका, वेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ ।

मंगलबजारबाट सुरु भएको प्रभातफेरी पुल्चोक, जावलाखेल हुँदै कुमारीपाटी स्थित निम्स कलेजमा कोणसभामा परिणत भएर समापन भएको थियो ।

कार्यक्रममा एकदिन मात्र पुरुष दिवसका दिन महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धताका कार्यक्रम गरेर मात्र परिवर्तन नआउने र यसका लागि सबै पुरुषको दैनिक व्यवहार र जीवनमा नै परिवर्तन आउनु पर्ने सहभागी मोलिस कलेजका श्रेया बलामीले बताए ।

समापन कार्यक्रममा फेस पेन्टिङ, लैंगिक हिंसा विरुद्धको रिबन कार्यक्रम, ऐक्यबद्दता मन्तब्यसँगै ओमगा कलेजका मनिष यादवले कविता वाचन गरेका थिए ।

Image may contain: 18 people, people smiling, people standing, shoes and outdoor

Image may contain: 17 people, people smiling, people standing and outdoor

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: