–महिला खबर–
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।
कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईको चुनावी अभियानको कोणसभामा बोल्दै पाण्डेले विद्या भट्टराई सशक्त नारी हस्ताक्षर भएको बताए ।
भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता भएको दाबी गरे ।
नेता पाण्डेले कम्युनिष्टले मात्र देशको स्वाधिनता र राष्ट्रियता जोगाउन सक्ने भएकाले कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
उम्मेद्वार विद्या भट्टराईले रवीन्द्रले कोरेका विकासका मार्गचित्रलाई आफूले इमान्दारीपूर्वक पुरा गर्ने बताइन् ।
पूर्वाधार विकास बिना समृद्धि सम्भव नभएकाले आफूसँग थुप्रै योजनाहरु रहेको भन्दै उनले सो योजना कार्यान्वयनका लागि अवसर प्रदान गर्न आग्रह गरिन् ।
जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु, नेकपाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधिहरुसहित स्थानीयको बाक्लो सहभागिता छ ।
कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विद्या भट्टराई चुनावी अभियानमा ।
Comment Here!