आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….


प्रकाशित मिति :2019-11-19 10:46:45

रुपन्देही । रुपन्देहीको वडा ६ चन्द्रनगरकी ६१ वर्षीया वडा सदस्य पार्वती विक आत्रेय आइतबार साधना महिला माध्यमिक विद्यालयको कक्षा चारमा लेखपढमा व्यस्त थिइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा एकाएक उनको कक्षामा प्रवेश गरेपछि विक झसङ्ग भइन् ।

उनकै अगाडि पुगेर मन्त्री थापाले शिक्षा लिनका लागि उमेरले नछेक्ने भन्दै हौसला दिँदा झनै उत्साहित देखिन्थिन् उनी । पहिले अलि अलि अक्षर चिनेको भए पनि पारिवारिक जिम्मेवारी काँधमा आएपछि पढाइ छाडेकी उनले जनताले माया गरेर वडा सदस्य निर्वाचित गरेपछि पढाइको आवश्कता महसुस गरेको बताइन् । उनले भनिन्, ‘पहिलेको पढाइ अलिअलि थियो, त्यही त हो घरको काम धन्दाले गर्दा त्यो पढाइ भुलिएछ । अहिले आएर जनताले चुनेर माया गरेर प्रतिनिधिमा आइयो ।’

जनप्रतिनिधि भएपछि जहाँ गए पनि कापी कलम दिने र अक्षरहरू पढेर धेरै कुरा सच्याउनुपर्ने भए पनि अशिक्षाको कारण समस्यामा परेको उनको गुनासो छ । तर मेहनतका साथ पढेर जनताका काम परिपक्क ढङ्गले गर्ने रहर छ उनीसंग ।

विहान घरका सबै कामधन्दा सकेर आमाहरू पढ्नका लागि साधना स्कुल पुग्छन् । उनीहरू स्कुल आउँदासाथ पढाइमा व्यस्त हुने विद्यालयकी प्रधानाध्यापक विष्ण्ुा गौतमले बताइन् ।

रुपन्देहीको वुटवल उपमहानगरपालिका ८ निवासी राधा खरेल पनि बाल्यकालमा मेट्न नपाएको पढाइको भोक मेटाउन विद्यालय आइरहेकी छन् । उनी पनि कक्षा चारकोे नियमित विद्यार्थीका रुपमा विद्यालय जान्छिन् । ‘मन्त्रीलाई आफ्नै कक्षामा पुगेको देखेपछि निकै खुशी लाग्यो’ उनले भनिन् ।

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै मेहनत गर्छौ ।’

महिलाहरूको अगुवाइमा सञ्चालित साधना महिला माध्यमिक विद्यालयका कक्षा कोठामा कसैलाई खबरै नगरी पुगेकी मन्त्री थापाले विद्यालयमा अध्यनरत आमाहरूलाई मेहनतका साथ पढेर समाजको नेतृत्व गर्न सुझाव दिइन् । उनले पढाइका लागि समय कहिले पनि ढिलो नहुने भएकाले मेहनतका साथ पढ्न आग्रह गरिन् ।

मन्त्री थापाले शिक्षामा सबैको पहुँच बृद्धी गर्ने र विभिन्न समस्याले पढाइ छुटेका महिलाहरूका लागि विषेश कक्षा संचालन गर्ने सरकारी नीति रहेको बताइन् । उनले पढाइ छुटेका महिलाहरूलाई सामूहिक रुपमा निःशुल्क शिक्षा दिने कामको अगुवाइ गरेकोमा विद्यालयकी अध्यक्ष सावित्रा अर्याल लगायत सिंगो समूहले अनुकरणीय काम गरेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: