नेकपाको प्रवास समन्वय कमिटी इन्चार्जमा विन्दा पाण्डे


प्रकाशित मिति :2019-11-18 12:14:29

–महिला खबर–

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटी इन्चार्जको जिम्मेवारी विन्दा पाण्डेलाई दिएको छ । हिजो आइतबार बसेको सचिवालयको बैठकले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

बैठकले कमिटीको सह–इञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह र तील विश्वकर्मालाई सदस्यमा चयन गरेको छ ।

तत्कालीन एमाले र माओवादीले यसअघि भारत प्रवाससहित युरोप, अमेरिका र मध्यपूर्वमा अलग(अलग प्रवास कमिटी बनाउने गरेका थिए । तर, अब नेकपाले प्रवासमा पार्टीका छुट्टै कमिटी गठन गर्ने छैन ।

प्रवासमा पार्टीका शुभेच्छुक संगठनहरुको समन्वय गर्न एउटै मात्र प्रवास कमिटी गठन गर्ने निर्णय भएको नेकपा स्रोतले जनाएको छ । प्रवास इन्चार्ज विन्दा पाण्डे यसअघि पनि सोही जिम्मेवारीमा थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: