अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम


प्रकाशित मिति :2019-11-17 11:17:56

–महिला खबर–

इटहरी । इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरले खेल क्षेत्रमा नयाँ आयाम थप्न लागेको बताएकी छन् ।

इटहरी उपमहानगरपालिकाले महिला फुटवल खेलाडी उत्पादनका लागि आजदेखि सुरु गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले यस्तो बताएकी हुन् ।

तालिम प्राप्त जनशक्तिबाट इटहरी उपमहानगरको महिला फुटवल टिम बनाउने जानकारी दिँदै गौतमले देशमा मात्र होइन, अन्तर्राष्ट्रिस्तरमा फुटबल खेल्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले छात्राहरुलाई निःशुल्क तालिम दिइन लागेको गौतमले बताइन् ।

तालिमका मुख्य प्रशिक्षक श्याम मानन्धरलाई बल हस्तान्तरण गरेर प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उपप्रमुख गौतमले महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले एक महिने निःशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गरेको बताइन् ।

‘खेलक्षेत्रबाटै भविष्य र पहिचान बनाउनुस्’ छात्राहरुलाई हौसला दिँदै उपप्रमुख गौतमले भनिन्, ‘हरेक क्षेत्रमा महिला अब्बल हुनुपर्छ । महिलाले चाहेको खण्डमा नहुने केही छैन ।’

तालिम लिने खेलाडी छात्राहरुलाई शुभकामना दिँदै गौतमले यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता गरिसकेको पनि जानकारी दिइन् ।

उनीहरुलाई दुई चरणमा गरि एक महिना प्रशिक्षण दिइने छ । सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

प्रशिक्षण कार्यक्रममा इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयका चालिस जना छात्राको सहभागिता छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: