नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा


प्रकाशित मिति :2019-11-17 10:57:01

पोखरा । राजनीतिमा चासो राख्ने सबैको ध्यान अहिले कास्की २ मा केन्द्रित छ । देशभर प्रतिनिधिसभाका लागि चुनाव हुने एकमात्र क्षेत्र कास्की २ का उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त छन् ।

कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले शनिबार पोखरा ११ फूलबारी, काहँु लगायतका क्षेत्रका मतदातालाई घरघरै पुगेर भेटिन् । घर भएका ठाउँमा पैदल र नभएका ठाउँमा गाडीमा हिँडेकी विद्यालाई १ सय १० वर्षीया गौरी आचार्यले विजयको आर्शीवाद दिइन् ।
विद्याले बालबालिका, वृद्धवृद्धा, अपांग, दलित र विकासको मूल प्रवाहबाट पछि परेको समुदायलाई सशक्तीकरण गर्न अहिलेको सरकारले ऐन, कानुन निर्माण गरिरहेको बताइन् ।

उनले पोखरा ११ मा रहेको काहुँ घरहरा लगायतका पर्यटकीय क्षेत्रलाई देशविदेशमा चिनाउनु आफ्नो उद्देश्य रहेको सुनाइन् । पोखरा ११ का मतदातालाई उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको सपना छ । सबै पोखरेलीका सपना नै मेरा एजेन्डा हुन् ।’

विद्याले दुःखद् परिस्थितिका कारण शोकलाई शक्तिमा बदलेर जनतामा आएको उल्लेख गरिन् । उनले ५ वर्षका लागि जनमत पाए पनि बीचमै उपचुनाव गर्नुपर्ने अवस्थामा जनताले फेरि नेकपा, अहिलेको सरकार र आफूलाई सानदार रुपमा विजयी गराउने अपेक्षा गरिन् ।

नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचन जितेपछि विद्या मन्त्री बन्ने बताए । उनले भने, ‘यो ३ वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन सक्दैनन्, नेकपाले मात्र सक्छ । यो क्षेत्रका सांसदलाई मन्त्री बनाएर समृद्धि ल्याउन योगदान गर्नुहोस् ।’ उनले नेकपा नेतृत्वको सरकारले चीनबाट समुन्द्रसम्म ७ वटा नाका खोल्ने र भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा बनाउने ऐतिहासिक काम गरेको बताए ।

कार्यक्रममा नेकपा केन्द्रय सदस्यद्वय चूडामणि जंगली र श्रीनाथ बरालले परिवर्तनका लागि गरेको योगदान र सरकारमा हुँदा गरेका कामले नेकपा जनताको आशा र भरोसा भएको बताए । गोर्खा मेजर चन्द्रबहादुर पुनले यो सरकार आएपछि देशले विकासको लय समातेको बताए । उनले वृद्धवृद्धा, असहाय र अशक्तलाई आवश्यक नीति बनाउने पार्टी नेकपालाई जिताउन आग्रह गरे ।

८४ वर्षीया तारादेवी चुनावी प्रचारमा

वृद्धहरुलाई सामाजिक सुरक्ष दिने सुरुआत गरेको नेकपालाई पोखरा ११ मा ८४ वर्षीया तारादेवी गौतमले मत मागिन् ।

घरदैलोका क्रममा उनको घरमा पुगेको नेकपा प्रचार टोलीलाई शुभकामना र आर्शीवाद दिँएपछि उनी नेकपाको झण्डा बोकेर चुनाव प्रचारप्रसारमा केही घर हिँडिन् ।

‘मलाई पाल्ने छोरी विद्या हुन्’

नेकपाको अभियान पोखरा ८ मा पनि जारी छ । पोखरा ८ की यराधादेवी चालिसले शुक्रबार टोलमा पुगेकी विद्यालाई शुभकामनासहित भोट पनि अरुलाई पनि नेकपालाई मत दिन आग्रह गरिन् । उनले भनिन्, ‘मलाई पाल्ने यही छोरी हो । रवीन्द्र सपना पूरा गर्न र देशको मुहार फेर्न विद्यालाई भोट दिऊ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: