स्तन क्यान्सरका ८ लक्षण


प्रकाशित मिति :2019-11-15 10:52:50

स्तन क्यान्सर के हो ?
– स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ र शरीरका अरु भागमा पनि फैलन सक्छ ।

स्तन क्यान्सरको अवस्था के छ ?
– यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलामा हुनसक्छ । महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ ।
– यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ ।
– यो क्यान्सर महिलामा बढी देखिने भए पनि पुरुषमा पनि हुनसक्छ ।
– ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ ।
– यो क्यान्सरलाई समयमै पत्ता लगाउन सकियो भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ ।
– यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै वंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ ।
– यो क्यान्सर छिटो पत्ता लगाउन सकियो भने बाँच्ने सम्भावना ९८ प्रतिशतसम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ ।
– ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ ।
– ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ ।
– करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसिका ग्रन्थीलाई निकालेर फालिन्छ ।
– प्यालिएटिभ हेरचाह गर्ने संस्था र प्रविधि कम छ ।
– ४०-४९ वर्षको उमेर समूहमा यो बढी देखिएको छ ।
– फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ ।
– प्रतिवर्ष करिब २ सय जनाको स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्यक वर्ष ५ प्रतिशतले बढिरहेको छ । तर समुदायमा कैयौं बिरामी पहिचान नभई बसेका छन् ।

स्तन क्यान्सरको लक्षण र चिह्नहरु केके हुन सक्छन् ?
– स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा,
– स्तनको छालामा परिवर्तन देखिएमा,
– स्तनको आकार र बनावटमा परिवर्तन आएमा,
– स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा,
– स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा,
– स्तनमा गाँठो अनुभव भएमा,
– स्तनको मुन्टो वरिपरिको छाला रातो देखिएमा,
– काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा,

स्तन क्यान्सरको जोखिम कसलाई बढी छ ?
– ढिलो सन्तान जन्माउनेहरु,
– कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि),
– पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि),
– स्तनपान कम गराउने,
– बढी चिल्लो बोसोयुक्त खाना खाने,
– चुरोट र अत्यधिक रक्सी सेवन गर्ने
– विकिरणको नजिक रहने,

स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने ?
– स्वयं स्तन जाँच विधि,
– क्लिनिकल जाँच विधि,
– म्यामोग्राफी जाँच,
– हाई रेजोलुसन भिडियो एक्स–रे,
– अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स–रे,
– एमआरआई,

स्तन क्यान्सरको उपचार कस्तो छ?
– नेपालमा प्रायः सबै उपचार विधि सुरु भइसकेका छन् तर महँगीका कारण धेरै नेपालीको पहुँचबाट बाहिर छ ।
– सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोन थेरापी आदि प्रचलित उपचार विधिहरु हुन् ।
– स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ ।

स्तन क्यान्सरमा केके चुनौती छन् ?
– नेपालमा स्तन क्यान्सरको अनिवार्य स्क्रिनिङ कार्यक्रम नहुनु,
– स्तन क्यान्सरको उपचार महँगो हुनु,
– जनचेतनाको कमी हुनु,

स्तन क्यान्सर रोकथामका लागि के गर्ने ?
– स्वास्थ्य चेतानामूलक कार्यक्रम
– स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनका अनुसार)
२०-३९ वर्ष : प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि ।
४०-४९ वर्ष : प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाच र त्यसपछि प्रत्येक २-२ वर्षमा म्यामोग्राफी जाँच ।
५० वर्ष र माथिको उमेर : प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच ।

समयमै स्तन क्यान्सर पत्ता लगाउन के गर्ने ?
– सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौं र
– सबैले आफ्नो स्तन आफैं जाँच्ने विधि सुरु गरौं ।   स्वास्थ्यखबरबाट

(असिसटेन्ट प्रोफेसर डा पराजुली विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: