सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार


प्रकाशित मिति :2019-11-15 10:46:23

ललितपुर । जाजरकोटमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीया पाना कामीलाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

पानालाई चिकित्सकले कार्तिक २५ गते सुत्केरी हुने मिति दिएको थियो । तर उनी बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीया कामीको हेलिकोप्टरबाट उद्धार गरि सुर्खेत लगिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा तीन दिनपछि उनको उद्धार गरी सुर्खेतस्थित वीरेन्द्रनगर प्रदेश अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: