साँफेमा महिला खुल्ला भलिवल प्रतियोगिता हुने


प्रकाशित मिति :2019-11-14 15:12:33

-महिला खबर-

अछाम । साँफेबगरमा जिल्ला स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

समविकास नेपालको आयोजना र जिल्ला स्थित विभिन्न सरोकारवाला निकायको सह–आयोजनामा महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ ।

महिला हिँसा विरुद्धको १६ दिने अभियान २०७६ को अवसरमा मंसिर १७ गते देखि १९ गते सम्म प्रतियोगिताको आयोजना गरिने सम विकास नेपालका अध्यक्ष पशुपती कुँवरले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुने टीमले एक लाख पाँच हजार, द्धितिय हुने टीमले ७५ हजार, तृतिय हुने टीमले ५० हजार र चौथो हुने टीमले २५ हजार हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सफल पार्न अछामका १० ओटै स्थानीय तहले सहयोग गर्ने सम विकास नेपालका अध्यक्ष कुँवरले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: