दरबारमार्गको सामूहिक बलात्कारका मुख्य दोषीलाई पाँच वर्ष कैद


प्रकाशित मिति :2019-11-14 12:45:04

–महिला खबर–

ललितपुर । जिल्ला अदालत काठमाडौंले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा दुई वर्षअघि एक महिलामाथि सामूहिक बलात्कार भएको ठहर गरेको छ । घटनाका मुख्य अभियुक्त शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय सुनाइएको छ । पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला भएको छ । मतियारमा विकास गौतम र दीपक श्रेष्ठलाई जनही एक वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

कार्की रामेछाप दुरा गाउँका हुन् भने गौतम काभ्रे चौरी देउराली र श्रेष्ठ सिन्धुपाल्चोक जेठलका हुन् ।

दरबारमार्ग बलात्कार काण्ड : घटनाको मिसिल सरकारी वकिल कार्यालयमा

दरबारमार्ग बलात्कार काण्ड : घटनाको मिसिल सरकारी वकिल कार्यालयमा

दरबारमार्ग बलात्कार काण्ड : मुख्य आरोपित जेल चलान

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दोषीलाई कैद सजाय र पीडितलाई क्षतिपूर्ति हुने फैसला सुनाएको हो । अभियुक्तलाई कैद सजाय हुने गरी जिल्ला अदालतबाट गत बिहीबार फैसला आएको जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए ।

घटनाका मुख्य दोषी भनिएका शैलेश कार्की । फायल फोटो

पुरानो मुलुकी ऐनको जबर्जस्ती करणी महलअन्तर्गत अदालतबाट सजाय निर्धारण गरिएको छ । ‘प्रतिवादीहरूको पृष्ठभूमि, कसुरको प्रकृति, गम्भीरता र पीडितलाई पर्न गएको शारीरिक र मानसिक पीडालाई विचार गरी’, फैसलामा लेखिएको छ, ‘प्रतिवादी शैलेश कार्कीलाई मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (४) नं. बमोजिम पाँच वर्ष दुई महिना कैद हुने ठहर्छ ।’ मतियार ठहर भएका श्रेष्ठ र गौतमको हकमा सोही महलको ४ नम्बर बमोजिम एक वर्ष दुई महिना कैद हुने फैसलामा उल्लेख छ ।

जिल्ला न्यायाधिवक्ता खनालका अनुसार उक्त घटनाको छानबिन अझै सकिएको छैन । कतिपय अभियुक्त अझै फरार छन् ।

रातको समयमा घरमा पु¥याइदिन गाडीमा ‘लिफ्ट’ दिने आश्वासन देखाएर चिनजानका व्यक्तिबाटै होटलको कोठामा लगेर बलात्कार गरिएको भन्दै चार जनाविरुद्ध किटानी जाहेरी परेको थियो । पीडित महिलाले २०७४ माघ ७ गते मःम र वाइन खुवाएर ल्यान्डमार्क होटलको ४०५ नम्बर कोठामा पु¥याएर सामूहिक बलात्कार गरेको दाबी गरेकी थिइन् । बलात्कारअघि नग्न भिडियोसमेत खिचिएको भनाइ पीडितको थियो ।

उक्त घटनामा प्रहरी प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबर्जस्ती करणी र संगठित अपराधमा मुद्दा चलाएको थियो ।

घटना गुपचुप राखिएको प्रश्न उठेपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभागबाट भिन्नाभिन्नै छानबिनसमेत भएको थियो । प्रारम्भिक छानबिनपछि दरबारमार्ग वृत्तमा कार्यरत तत्कालीन प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई परिसरमा, प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई हेडक्वार्टरमा तानिएको थियो । मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक चन्द्र भण्डारी निलम्बनमा परेका थिए ।

दरबारमार्ग बलात्कार प्रकरणः प्रहरीको कमजोरी

सामूहिक बलात्कारका दोषीलाई खोज्दै छौँ- प्रहरी

बलात्कारमा मेलमिलाप !

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: